5 years ago
May 13, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले नयाँ सिजन २०२०–२१ को केन्द्रिय खेलाडी सम्झौताबाट तीव्र गतिका बलर मोहम्मद आमिर बाहिरिएका छन् ।
पिसिबीको केन्द्रिय खेलाडी सम्झौतमा १७ वर्षीय युवा त्विर गतिका बलर नसीम शाह अटाउँदा स्टार खेलाडी मोहम्मद आमिर, हसन अली र वहाब रियाज बाहिरिएका हुन् । पूर्वकप्तान शरफराज अहमद ग्रेड बी मा घटुवा भएका छन् । नयाँ सम्झौतमा युवा तीब्र गतिका बलर शाहिन अफ्रिदी र टेष्ट टोलीका कप्तान अजहर अली ए ग्रेडमा उक्लिएका छन् ।
यता सिमित ओभरका कप्तान तथा उत्कृष्ट ब्याट्म्यान बाबर आजम भने ए ग्रेडमै यथावत छन् । सन् २०१७ मा भारतलाई फराकिलो अन्तरले हराउँदै पाकिस्तानलाई च्याम्पियनसिप ट्रफीको उपाधि जिताउन हसन अली र मोहम्मद आमिरले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
पिसिबीको २०२०–२१ को केन्द्रिय खेलाडी सम्झौता :
ग्रेड ए (पारिश्रमिक – १.१ मिलियन पाकिस्तानी) : अजहर अली, बाबर आजम र शाहिन अफ्रिदी
ग्रेड बी (पारिश्रमिक – ७ लाख ५० हजार पाकिस्तानी) : आविद अली, असाद सफिक, हरिस शोहेल, मोहम्मद अब्बास, मोहम्मद रिजवान, शरफराज अहमद, सादव खान, शन मशूद र यासिर शाह ।
ग्रेड सी (पारिश्रमिक – ५ लाख ५० हजार पाकिस्तानी) : फकार जमान, इफ्तिकर अहमद, इमाद वासिम, इमाम उल हक, नसीम साह, उस्मान शिनवारी ।
इमर्जिङ सुचि : हैदर अली, हरिस रौउफ र मोहम्मद हसनैन
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]