default_image

5 years ago

May 12, 2020

मौन माही

152 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

भारतीय क्रिकेट टोलीका विकेटकिपर महेन्द्रसिंह धोनी आफ्नो करिअरको अन्त्यतिर छन् । डेढ दशक सक्रिय अन्तर्राष्ट्रिय क्रिकेट जीवन बिताएका  धोनी झन्डै एक वर्षयता भने टोली बाहिर बसेका छन् ।

धोनी एक सफल कप्तान मात्रै होइनन्, सर्वोत्कृष्ट विकेटकिपर र फिनिसर ब्याट्सम्यान पनि हुन् । विश्वकै उदाहरणीय कप्तान धोनीको अब भारतीय टोलीमा पुनरागमन होला या नहोला भन्ने चाखलाग्दो विषय बनेको छ । गतवर्ष इंग्ल्यान्डमा भएको आइसिसी एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेल यता टोलीमा छैनन् ।

उक्त खेलमा धोनी आउट भएपछि भारतको विश्वकप फाइनल पुग्ने सपना सकिएको थियो । भारतलाई अन्तिम १२ बलमा ३१ रन आवश्यक पर्दा धोनी ४३ रनमा खेलिरहेका थिए । उत्कृष्ट फिनिसरका रुपमा परिचित धोनीले यस्तै कठिन परिस्थितीबाट थुप्रै खेलमा जित दिलाएको हुँदा क्रिजमा रहँदासम्म ठूलो आशा रहेको थियो ।

धोनीले ४९ औं ओभरको पहिलो बलमा लोकी फर्गुसनलाई छक्का प्रहार गर्दै आशा झनै बढाए । तर तेस्रो बलमा दुइ रन लिनेक्रममा मार्टिन गुप्टिलले उत्कृष्ट डाइरेक्ट थ्रोमा रनआउट गर्दै भारत र धोनी दुवैको आशालाई निराशामा बदलिदिए । धोनी गहभर आसुका साथ पेभिलिएन फर्केका थिए ।

सायद धोनी आफ्नो क्रिकेट करिअरमा यति धेरै दुःखी कहिल्यै भएका थिएनन् होला । धोनीको रन आउट निर्णय दिन थर्ड अम्पायरलाई पनि केहि समय लागेको थियो । एकतर्फबाट आउट भएको यकिन गर्न नसक्दा अर्कोतर्फबाट नटआउट झैं देखिन्थ्यो ।

भारतले उक्त विश्वकप जित्थ्यो भने सायद धोनीले सन्न्यासको घोषणा गरि सकेका हुन्थे होला । भारत बाहिरिएसँगै धोनीले केहि समय आफू टोलीमा उपलब्ध नहुने छनोट समितीलाई बताएका थिए । त्यसपछि उनले भारत र पाकिस्तानको निकै विवादित सिमा क्षेत्र जम्मु कश्मिरमा १५ दिन आर्मीको तालिम लिएका थिए ।

भारतीय आर्मीमा लेफ्टिनेन्ट कर्नल पद पाएका धोनीले कश्मिरबाट फर्केपछि केहि समय तालिम गरे । धेरैले धोनीले विश्वकप पिडा भुल्न र युवा खेलाडीलाई मौका दिन यस्तो निर्णय लिएको हुन सक्ने आँकलन गरेका थिए । आर्मीको तालिमपछि भने धोनी परिवारका साथ समय बिताउँदै आएका छन् । उनी छोरी जिभाका साथ बढी व्यस्त देखिन्छन् । धोनीले छोरीलाई बाइकमा घुमाउने देखि कुकुरसँग बल खेलेको जस्ता तस्बिर र भिडियो सामाजिक सञ्जालमा समय समयमा बाहिर आइरहेको छ।

धोनीले भारतीय टोलीबाट अब खेल्ने वा नखेल्नेमा क्रिकेट विज्ञहरु नै विभाजित छन् । तर धोनी केहि बोलेका छैनन् । धोनीको पुनरागमनको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले पनि कुनै ठोस निर्णय दिएको छैन । कप्तान विराट कोहलीले पनि धोनीले यस विषयमा आफैं निर्णय लिने र कुनै दबाब नदि नमिल्ने बताउँदै आएका छन् ।

प्रशिक्षक रवि शास्त्रीले धोनीले टोलीमा पुनरागमन गर्न आइपिएलमा उच्च प्रर्दशन गर्नुपर्ने बताएका थिए । तर आइपिएल कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । त्यसैले पनि धोनीको भविष्य माथि झनै प्रश्न उठेको छ । अर्कोतर्फ धोनीलाई बिसिसिआईले केन्द्रिय खेलाडी सम्झौता (सेन्ट्रल कन्ट्राक्ट)मा राखेको छैन । यस विषयमा पनि धोनी केहि बोलेका छैनन् । धोनीले सोच र योजना बारे उनलाई बाहेक अरु कसैलाई थाहा छैन ।

कोरोना भाइरसको कारण विश्वभर क्रिकेटका सबै गतिविधी ठप्प छन् । विश्व स्टार खेलाडी यतिबेला फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालसँगै सञ्चार माध्यमसँगको कुराकानीमा व्यस्त छन् । केहि दिन अघि विराट कोहली र दक्षिण अफ्रिका पुर्व कप्तान एबी डिभिलियर्सले लामो समय सम्म इन्ट्राग्राममा प्रत्यक्ष कुराकानी गरेका थिए । रोहित शर्मा सामाजिक सञ्जाल र मिडियामा ब्यस्त देखिन्छन् ।

यी उदाहरण मात्रै हुन् । प्राय धेरै स्टार खेलाडी सामाजिक सञ्जाल र सञ्चार माध्यममा ब्यस्त देखिदा धोनी भने टाढा जस्तै छन् । धोनी सामाजिक सञ्जाल र मिडियासँग भन्दा परिवारसँग बढी समय बिताउन बढी मन पराउँछन् । धोनी सामाजिक सञ्जाल र सञ्चार माध्यम देखी सकभर टाढा रहनै रुचाउँछन् ।

धोनीले कुन बेला कस्तो निर्णय लिन्छन् त्यो कसैलाई थाहा हुँदैन । सन् २०१७ मा सिमित ओभरबाट कप्तानको राजिनामा दिदा होस् वा २०१४ मा टेष्टबाट सन्न्यास लिँदा । सबै एक्कासी निर्णय लिएका थिए । सन् २०१८ वर्ष प्रर्दशनको हिसाबमा धोनीको खराब रह्यो । त्यति बेलानै आलोचकहरुले धोनीले सन्न्यास लिनुपर्ने बताएका थिए ।

धोनी २०१९ मा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप टोलीमा पर्न नहुने पनि आवज उठेको थियो । तर धोनीले आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै आलोचकलाई राम्रो जवाफका साथ विश्वकप टोलीमा परेका थिए । धोनी आलोचकलाई बोलीबाट होईन प्रर्दशनबाट जवाफ दिनुपर्ने सहि ठान्दछन् ।

पुनरागमन बारे केहि समय अघि धोनीलाई एक कार्यक्रममा सोधिएको प्रश्नमा केहि समय कुनै प्रश्न नगर्न भनेका थिए । आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप हुँदैछ । जुन विश्वकप खेल्ने धोनीको इच्छा रहेको बुझिन्छ । तर धोनीले आधिकारीक रुपमा बताएका छैनन् । युवा विकेटकिपर ऋषभ पन्तको यु१९ विश्वकप २०१६ पछि आगमनसँगै धोनीको विकल्प खोजिन थालिएको थियो । तर पन्त गैर जिम्मेवार ब्याटिङका कारण आलोचनामा मात्र होइन न्युजिल्यान्ड भ्रमणमा ओडिआई र टि२० आई दुवै सिरिजमा प्लेइङ ११ बाहिर बसे ।

भारतले पन्तलाई बेन्चमा राख्दा लोकेश राहुललाई विकेटकिपर गराएको थियो । पन्तको खराब लय जारी रहेमा विश्वकपमा धोनी प्रमुख विकल्प हुन् । पन्त बाहेक अन्य विकेटकिपर भारतले सिमित ओभरमा तयार पारेको छैनन् । वैकल्पिक विकेटकिपर राहुलकै भरमा साथ विश्वकपमा भारत जाने सम्भावना निकै कम छ ।

चेन्नई सुपर किंग्सका कप्तान धोनीले आइपिएल अभ्यासमा गरेको ब्याटिङ देख्दा उनी भारतीय टोलीमा खेल्न खेल्न आतुर रहेको देखिन्थ्यो । उनले अभ्यासको क्रममा एकै ओभरमा पाँच छक्काको साथै शतक प्रहार गरेका थिए । धोनी आइपिएलमा उत्कृष्ट प्रर्दशनका साथ पुनरागमन गर्ने सोचमा रहेको उनले अभ्यासमा गरेको ब्याटिङले देखाउँथ्यो ।

दुर्भाग्य कोरोनाको कारण आइपिएल अनिश्चित समयको लागि स्थगित भएको छ । त्यसैले धोनीको पुनरागमनमा झनै प्रश्न उठेको छ । धोनीले कतिबेला कुन निर्णय लिन्छन् त्यो कसैलाई थाहा हुँदैन । धोनीको हालसम्मको मौनतालाई देख्दा टि२० विश्वकप टोलीमा पर्छन् वा पर्दैनन् त्यसमा भर पर्ने देखिन्छ । धोनीका समर्थक र सुभ चिन्तक पनि त्यहिं चाहान्छन् ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.