5 years ago
May 11, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले बलरलाई विपक्षी ब्याट्सम्यानले भन्दा बढी दबाब दिने भारतीय टोलीका पूर्व खेलाडी आशिष नेहेराले बताएका छन् ।
भारतका लागि लामो समय खेलेका तीव्र गतिका बलर नेहेराले बलरले विकेट लिन नसकेको खण्डमा कप्तान विराटले विपक्षी ब्याट्सम्यानले भन्दा बढी दबाब दिने बताएका हुन् । ‘खेलाडीलाई कप्तानले सधैं आफ्नो दबाबमा राख्नुपर्छ, टिमलाई अघि लगेर जान यो आवश्यक पनि पर्छ । मेरो विचारमा पछिल्लो डेढ दुई वर्षमा कोहलीले खेलाडीमा चाहिने भन्दा बढी दबाब राखेका छन् । बलरले विकेट नलिएको खण्डमा विपक्षी ब्याट्सम्यानले भन्दा बढी स्वयं कप्तान कोहलीले दबाब दिन्छन्, जुन कुरा राम्रो होईन । विराटले यो बानी सुधार गर्नुपर्छ’, उनले भने ।
नेहेराले टोलीमा म्याच विनरको कमी हुनुपनि चिन्ताजनक रहेको बताए । ‘ रोहित शर्मा, विराट र जसप्रित बुमराहलाई छाड्ने हो भने अहिले भारतसँग चौथो म्याच विनर खेलाडी म देख्दिन । कोहलीले खेलाडी छनोट कम गर्दा परिवर्तन धेरै गरेका छन् । युवा खेलाडीमा क्षमता धेरै छ । तर ती खेलाडीलाई केहि समय मौका दिनुपर्छ,’ नेहेराले भने ।
ब्याटिङ लाइनअप पनि अझसम्म सुदृढ हुन नसक्नु राम्रो पक्ष नभएको उनको बुझाइ छ । ‘एकदिवसिय खेलमा आज पनि पाँच र छैटौं नम्वरको ब्याट्सम्यान को हो भन्न सक्ने अवस्था छैन । महेन्द्र सिंह धोनी पछि हेरिएका विकेटकिपर ऋषभ पन्तले न्युजिल्यान्ड भ्रमणमा पानी बोक्नु परेको थियो । पन्तमा धेरै क्षमता छ । हो, पन्तले केहि अवसर सदुपयोग गर्न सकेनन् । तर पानी बोकाउनु पक्कै राम्रो होइन’, नेहेराले भने ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]