5 years ago
May 8, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान रोहित शर्माले पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको कारण आफु सफल बनेको बताएका छन् ।
‘सन् २०१३ को च्याम्पियनसिप ट्रफी अघि मैले मध्यक्रममा ब्याटिङ गर्दथें । मुरली विजयी र शिखर धवनले ओपनिङ गर्ने तय भई सकेको थियो । चार नम्बरमा मेरो ब्याटिङक्रम थियो । तर अभ्यासको क्रममा चार नम्बरमा दिनेश कार्तिकले दुई शतक प्रहार गरेपछि धोनी केहि अलमलमा परे। अनि मलाई ओपनिङ गर्छौं भनेर सोधेका थिए, मैले म प्रयास गर्नेछु जवाफ दिएँ,’ रोहितले भने ।
‘त्यसअघि मैले घरेलु मैदानमा इंग्ल्यान्डविरुद्ध दुई खेलमा ओपनिङ गरेको थिएँ, त्यसैले ओपनिङ बारे केहि ज्ञान थियो । जब ब्याटिङक्रम परिवर्तन हुन्छ भने आफ्नो खेल्ने शैलीलाईपनि परिवर्तन गर्नुपर्छ’, रोहितले भने, ‘मलाई जसरी पनि भारतबाट ठुलो प्रतियोगिता खेल्नु थियो । मैले २०११ को विश्वकप गुमाएको थिएँ । त्यसैले म अवसरको पखाईएमा थिएँ, धोनीले मलाई सात नम्बरमा ब्याटिङ गर भनेपनि तयार थिएँ । धोनीले सोधेपछि मैले हुन्छ भने र प्रतियोगिता पनि राम्रो भयो । भारतले जित्यो । त्यसपछि मैले पछि फर्केर हेर्नु परेको छैन, सबै धोनीको निर्णयको कारण हो ।’
‘सुरुवातमा मैले धेरै सट खेले । सट छनोट निकै महत्वपुर्ण हुन्छ । मलाई सुरुमा एकै बलमा सबै सट खेल्न मन लाग्दथ्यो । धेरै सटको प्रयास पनि गरें । तर खेल्दै जादा यसरी लामो यात्रा गर्न सकिदैन भन्ने बुझें । एक दुई खेलमा होइन नियमित प्रर्दशन गर्नुपर्छ भन्ने लाग्यो । उसको लागि मैले आफ्नो कमजोरी परिवर्तन गर्नैपर्थ्यो । त्यसपछि मैदानमा सुरुमा समय लिन थालें,’ त्यसैमा रोहितले थपे, ‘म नयाँ बल खेल्छु भने त्यसपछि बलर मलाई आउट गर्न सक्दैनन् । मेरो गल्तीको कारण आउट हुन्छु । म धेरै पटक बलरको कारण होइन आफ्नै कारण आउट भएको थिएँ ।’
‘म सँग क्रिस गेल र एवी डि भिलियर्सको जस्तो क्षमता छैन । त्यसैले म बल टाइमिङमा ध्यान दिन्छु । फिल्डरलाई बल बिट गराए त चार रन आइहाल्छ । छक्का १२०–१३० मिटर लामोनै प्रहार गर्नुपर्छ भन्ने हुँदैन मात्र बाउन्ड्री लाइन कटाए हुन्छ’, रोहितले भने । वर्तमान क्रिकेटका सर्वश्रेष्ठ ओपनर रोहितले ३२ टेष्ट, २ सय २४ ओडिआई र १ सय ८ टि२० आई खेलेका छन् । ‘हिटम्यान’को उप नामले चिनिने रोहित ओडिआईमा ३ दोहोरो शतक र टि२० आईमा ४ शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]