9 years ago
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)-
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो ।
छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्:
छनोट भएका खेलाडीहरु यस प्रकर छन्: पारस खड्का(कप्तान्), ज्ञानेन्द्र मल्ल(उपकप्तान्), शक्ती गौचन, सन्दिप लामिछाने, बसन्त रेग्मि, शरद भेषावकर, सागर पुन, सोमपाल कामी, बिनोद भण्डारी, राजु रिजाल, अनिल मण्डल, सुनिल धमला, राजेश पुलामी, बिक्रम शोब, करण केसी
सुनिल धमला पहिलो चोटी राष्ट्रिय टोलीमा समेटिएका हुन भने लगातार टोलीमा रहेका सुवास खकुरेल टिममा पर्न असफल रहे ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]