default_image

5 years ago

May 3, 2020

रोनाल्डो र नेयमारको विषयमा कोहली र कुलदीपको बहस

115 views

0 Bookmark

एजेन्सी – विश्वभर कोरोना भाइरस (कोभिड१९) को महामरीको कारण सम्पुर्ण खेलकुद गतिविधी ठप्प छन् । जसले खेलाडी पनि परिवार र सामाजिक सञ्जालमा धेरै व्यस्त रहँदै आएका छन् । खेलाडी खेलाडीबीच सामाजिक सञ्जालमा लाइभ(प्रत्यक्ष) कुरा हुँदै आएको छ ।

विश्व फुटबलमा वर्तमान समयमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी को उत्कृष्ट भन्ने विषयमा एक अर्काको प्रतिद्वन्द्वी मानिन्छन् । ब्राजिलियन फरवार्ड नेयमार पनि उक्त सुचिमा आफ्नो नाम बसाल्न प्रयासरत छन् । विशेषगरी युवा फ्यानमाझ नेयमारको चर्चा बढी पाइन्छ ।

यस्तैमा भारतीय युवा स्पिनर कुलदीप यादवले आफू ब्राजिलका स्टार खेलाडी नेयमारको ठुलो फ्यान रहेको बताएका छन् । क्रिकबजसँगको कुराकानीमा आफुले नेयमारको कारण कप्तान विराट कोहलीसँग धेरै पटक बहस पनि गर्नुपरेको बताएका छन् । विराट कोहली स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको फ्यान हुन् ।

‘मैले पहिलो पटक सन् २०१२ मा ब्राजिल र स्पेनको खेल देखेको थिएँ । जुन खेलमा नेयमार खेलिरहेका थिए । पहिलो खेलमै नेयमार साँच्चै राम्रा खेलाडी हुन भन्न लागेको थियो । उनको क्षमता, खेल्ने शैली र स्तर साह्रै मन परेको थियो । त्यस दिनदेखि नेयमार मेरो मनपर्ने खेलाडी रहँदै आएका छन् । धेरैलाई नेयमार मन नपर्न सक्छ तर मलाई मनपर्छ । मेरो र कप्तान (विराट कोहली) बीच यस विषयमा धेरैपटक बहस भएको छ । किनकी उनी रोनाल्डोको फ्यान हुन्’, कुलदीपल भने ।

‘पक्कैपनि म बार्सिलोनाको फ्यान हुँ । केहि समय पहिले रोनाल्डोले पोर्चुगलबाट ह्याट्रिक गरेका थिएँ । रोनाल्डोले ह्याट्रिक गरेपछि विराट मेरो नजिक आएर मलाई हेर हेर भन्दै उक्त भिडियो देखाए । त्यसै साझँ मेस्सीले पनि ह्याट्रिक गरे । अनि मैले पनि गएर विराटलाई भिडियो हेर्न भनें ‘, कुलदीपले भनेका छन् । कुलदीप पछिल्लो तीन वर्ष यता भारतीय क्रिकेट टोलीमा कप्तान विराट कोहलीको पहिलो रोजाईको स्पिनरमा पर्दै आएका छन् ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.