5 years ago
May 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्लामै पहिलो पटक क्रिकेट रंगशालाको निर्माण कार्य सुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट ५ बाहुनटारमा शुक्रबारदेखि क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको हो ।
शुक्रबार क्रिकेट रंगशालमा जाने सडक निर्माणको कार्य सुरु भएको छ । सुरुमा स्थानिय खेलप्रेमी, समर्थक र क्रिकेट अभियान्ताले पहल गर्दै गाउँपालिकामा प्रस्ताव लगेका थिए । गाउँपालिकाले डिपिआर तयार पार्दै संघिय सरकारलाई पठाएको थियो । संघिय सरकारले ५० लाख विनियोजन गरेपछि रंगशाला निर्माण कार्य सुरु भएको हो ।
तीन वर्षमा रंगशाला निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य छ । रंगशालाको कुल खर्च १५ करोड अनुमान गरिएको छ । क्षेत्रिय स्तरको रहने यस रंगाशालाको क्षमता ५ हजार समर्थक अट्ने प्याराफिट बन्ने छ । ‘शुक्रबारबाट मैदानको निर्माण कार्य सुरु गरेका छौं । पहिलो चरणमा मैदानमा बाटो लैजान र सम्माउने कार्य हुने छ । मैदानको शिलान्यास यसै हप्ता गर्नेछौं’, अनुगमन समितीका सदस्य दिपेश कडेलले हाम्रो खेलकुदलाई भने ।
‘मैदानको थोरै भागमा केहि विवाद पनि छ । हामी स्थानियलाई राखेर जग्गा विवाद पनि अन्त्यमा पुर्याएका छौं । मैदान बनाउने ठाउँ खोल्सो भएको हुँदा सम्माउन यो पटकको बजेट त्यसमा बढी खर्च हुने अनुमान गरेका छौं, यो पटक मैदानको आकार बन्ने छ भने अर्कोवर्ष थप कार्य बढ्ने छ’,दीपेशले भने ।
‘मैदानको निर्माणपछि धादिङको क्रिकेटले अझैं फड्को मार्ने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी धादिङबाट उत्पादन हुने छ । अर्कोतर्फ धादिङ जिल्ला क्रिकेट संघ गठन प्रक्रियामा छौं,’ उनले टुंग्याए ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]