default_image

5 years ago

May 1, 2020

टेष्टमा असफल सिमित ओभरका ५ स्टार

86 views

0 Bookmark

एजेन्सी – समयको माग र आवश्यकता अनुसार खेलको शैली परिवर्तन हुँदै जान्छ । क्रिकेट इतिहासमा टेष्ट, एकदिवसिय र टि२० सम्म क्रिकेटका शैली विकास हुँदै लोकप्रियता विश्वभर बढेको छ ।

पछिल्लो समय टि१० को शैलीपनि समयसँगै परिस्कृत हुने क्रममा छ । यी सबै शैलीको आ–आफ्नो महत्त्व छ । केहि क्रिकेट विकासका लागि छन् त केहि मनोरञ्जन प्रदान गर्न । पछिल्लो समय विकास भएको टि२० शैलीको प्रतियोगिताले क्रिकेटलाई विश्वभर निकै लोकप्रिय बनाउन सफल भयो । एउटा सफल खेलाडी सबै शैलीमा सफल हुन्छ भन्ने पनि हुँदैन । कोहि हुन्छन् भने कोहि हुँदैनन् ।

वर्तमान क्रिकेटमा विराट कोहली, केन विलियम्सन, बेन स्टोक्स, जो रुट, स्टिभ स्मिथ, पाकिस्तानका बाबर आजम लगायतका खेलाडी टेष्ट र सिमित ओभर दुवैमा सफल मानिन्छन् । सिमित ओभरमा सफल भएपनि टेष्टमा असफल हुने पनि त्यतिनै धेरै स्टार खेलाडी छन् । जसमध्यका ५ खेलाडी यस प्रकार छन् ।

५. आरोन फिन्च (अष्ट्रेलिया)

अष्ट्रेलियाका सिमित ओभरका कप्ताान तथा ओपनर आरोन फिन्च टेष्टमा भने सफल हुन सकेका छैनन् । उनले टि२० मा सन् २०११ मा इंग्ल्यान्डविरुद्ध र ओडीआईमा २०१३ मा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । टेष्टमा डेब्यु भने सन् २०१८ मा गरेका थिए । बल टेम्परिङ काण्डमा तत्कालिन कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नर एक वर्षको प्रतिबन्धमा परेपछि उनी अष्ट्रेलियाको टेष्ट टोलीमा परेका थिए ।

त्यसयता ५ टेस्टमा फिन्चले २ सय ७८ रन मात्र जोडेका छन् । उनले त्यसैवर्ष डिसेम्बरमा भारतविरुद्ध अन्तिम टेष्ट खेलेका थिए । त्यसयता भने फिन्च अष्ट्रेलियाको टेष्ट टोलीमा छैनन् । स्मिथ र वार्नरको सानदार पुनरागमनसँगै उनलाई टेष्ट टोलीमा स्थान बनाउन कठिन पनि देखिन्छ । फिन्चले १ सय २६ ओडिआईमा १६ शतक र २६ अर्ध शतक सहित ४ हजार ८ सय ८२ रन तथा ६१ टि२० आईमा २ शतक र १२ अर्ध शतक सहित १९ सय ८९ रन जोडेका छन् ।

४. जेसन रोय (इंग्ल्यान्ड)

इंग्ल्यान्डका ओपनर जेसन रोय सिमित ओभरमा आक्रामक ब्याटिङका साथ ठूलो इनिङका लागि परिचित छन् । तर उनी टेष्टमा सफल हुन सकेनन् । रोयले टि२० मा सन् २०१४ मा भारतविरुद्ध र ओडिआईमा सन् २०१५ मा आयरल्यान्डविरुद्ध डेब्यु गरेका थिए । ८७ ओडिआई र ३५ टि२० आई खेलेका रोयले टेष्ट भने ५ खेल मात्र खेलेका छन् ।

सन् २०१९ को जुलाईमा आयरल्यान्डविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । त्यसैवर्ष अगष्टमा अष्ट्रेलियासँग चार खेल खेले यता रोय टेष्ट टोलीमा छैनन् । रोयले टेष्टमा १ सय ८७ रन मात्रै बनाउन सकेका छन् ।

३. युवराज सिंह (भारत)

भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर युवराज सिंहले सिमित ओभरमा उत्कृष्ट प्रर्दशन गरेपनि टेष्टमा त्यो प्रभाव देखाउन सकेनन् । युवराज सिंहले टेष्टमा सन् २००३ मा न्युजिल्यान्डविरुद्ध डेब्यु गरेका थिए । उनले २०१२ मा अन्तिम टेष्ट खेल इंग्ल्यान्डविरुद्ध खेलेका थिए । ४० टेष्ट खेलमा १९ सय रन बनाउनुको साथै ९ विकेट लिएका छन् ।

केन्याविरुद्ध सन् २००० मा ओडीआई डेब्यु गरेका युवराज सिंहले ३ सय ४ खेलमा १४ शतक र ५२ अर्ध शतक सहित कुल ८ हजार ७ सय १ रन जोड्नुको साथै १ सय ११ विकेट लिएका छन् । ५८ टि२० आईमा ११ सय ७७ रन बनाउनुको साथै २८ विकेट लिएका छन् । युवराजले भारतबाट अन्तिम खेल २०१७ मा खेलेका थिए । सिमित ओभरमा उत्कृष्ट प्रर्दशन गर्दै लामो यात्रा गरेपनि टेष्टमा सफल हुन सकेनन् ।

२. आन्द्रे रसेल (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल वर्तमान क्रिकेटमा उत्कृष्ट हार्ड हिटर मानिन्छन् । उनले कमजोर बल र आफ्नो कलामा मात्र होइन शारीरिक शक्तिले पनि छक्का हान्ने क्षमता राख्छन् । तीब्र गतिमा बलिङ गर्ने रसेलले ब्याटिङ पनि त्यहि गतिमा गर्न रुचाउछन् । रसेलले सिमित ओभर खेल्नु एक वर्षअघिनै सन् २०१० मा श्रीलंकाविरुद्ध टेष्टमा डेब्यु गरेका थिए ।

डेब्यु खेलको पहिलो इनिङमा २ रनमा आउट भएका रसेलले दोस्रो इनिङ ब्याटिङ गर्न पाएनन् । क्रिस गेलले ३ सय ३३ रनको तेहेरो शतकीय इनिङ खेलेपछि श्रीलंका फलोअनमा पर्दै खेल ड्र भएको थियो । रसेल टेष्ट खेलेको त्यहि एकमात्र खेल हो । त्यसयता भने उनी टेष्ट टोलीमा छैनन् । उनले प्रथम श्रेणी क्रिकेटभन्दा टि२० लिगहरु खेल्दा पनि टेस्टमा मौका पाउने देखिंदैन । निरन्तर चोटसँग लडिरहेका रसेलले ५६ ओडीआई र ४९ टि२० आई खेलेका छन् ।

१. ओइन मोर्गन (इंग्ल्यान्ड)

इंग्ल्यान्डलाई गतवर्ष घरेलु मैदानमा एक दिवसिय विश्वकप उपाधि जिताउने कप्तान ओइन मोर्गनले टेष्टमा लामो यात्रा गर्न सकेनन् । ठूला सटका लागि परिचित शीर्षक्रमका बायाँ हाते ब्याट्सम्यान मोर्गनले सिमित ओभरमा निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहँदा टेष्टमा असफल भए । सन् २०१० मा लर्ड्समा मोर्गनले बंगलादेशविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । उनले अन्तिम टेष्ट २०१२ मा पाकिस्तानविरुद्ध दुबईमा खेलेका थिए ।

मोर्गनले १६ टेष्टमा ७ सय रन मात्र बनाएका छन् । यता २ सय ३६ ओडिआई खेलमा १३ शतक र ४६ अर्ध शतकका साथ ७ हजार ३ सय ६८ रन जोडेका छन् । ८९ टि२० आईमा २१ सय ३८ रन बनाउँदै सिमित ओभरमा निरन्तर उत्कृष्ट प्रर्दशन गरेका छन् ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.