default_image

5 years ago

May 1, 2020

भारतको राज अन्त्य गर्दै अष्ट्रेलिया शीर्षस्थानमा

142 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ टेष्ट र टी टि२० वरीयतामा अष्ट्रेलिया शीर्षस्थानमा उक्लिएको छ ।

आइसिसीले शुक्रबार जारी गरेको नयाँ टेष्ट वरियतामा अष्ट्रेलियाले भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । त्यस्तै टि२० मा भने अष्ट्रेलियाले पाकिस्तानलाई पछि पारेको हो ।

नयाँ टेष्ट वरियता अनुसार अष्ट्रेलिया २६ खेलमा ३ हजार २८ प्वाइन्ट र १ सय १६ रेटिङका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको २१ खेलमा १ सय १५ रेटिङ छ । २७ खेलमा ३ हजार ८५ प्वाइन्टका साथ १ सय १४ रेटिङसहित भारत तेस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौ, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश १० औं स्थानमा छन् । जिम्बावे ११ र आयरल्यान्ड पुछारमा छ ।

भारत सन् २०१६ अक्टोबरपछि पहिलो पटक टेस्ट वरियताको शीर्ष स्थानबाट खस्किन पुगेको हो ।  यता ओडिआई वरियतामा इंग्ल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् । न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा छ । नेपाल १६ औं स्थानमा रहेको छ । नेपालभन्दा पछि युएई १७, नामिबिया १८, अमरिका १९ र पप्पुवा न्युगिनी २० औं स्थानमा छन् ।

यता अष्ट्रेलिया टि२० आई वरियतामा पनि शीर्षस्थानमा उक्लिएको छ । २७ महिना देखी शीर्ष स्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । अष्ट्रेलियाको १९ खेलमा ५ हजार २ सय ८५ प्वाइन्ट र २ सय ७८ रेटिङ अकं छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको १७ खेलमा २ सय ६८ रेटिङ अंक छ ।

भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् । न्युजिल्यान्ड छैटौं, श्रीलंका सातौं, बंगलादेश आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १० औं स्थानमा छ । नेपाल भने १५ औं स्थानमा छ । नेपालको २३ खेलमा ४ हजार १ सय ४८ प्वाइन्ट र १ सय ८० रेटिङ अंक रहेको छ ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.