5 years ago
April 27, 2020
भुपेन्द्र जिसी, काठमाडौं
सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्दै औपचारिक अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली हालसम्म आईपुग्दा ओडीआई मान्यता राष्ट्र बनेको छ । २४ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उतारचढाव धेरै रह्यो । यो अवधिमा नेपालले एसोसिएट राष्ट्रमा एक बलियो टोलीको रुपमा आफुलाई स्थापित गरिसकेको छ ।
सिमित श्रोत र साधनकाबीच खेलाडीको कडा मिहिनेतले नेपालले एकपछि अर्को सफलता हात पार्यो । केहि अवसर गुमाउन पनि पुग्यो । नेपालले डिभिजन ५, ४ र ३ को उपाधि जित्न सफल भयो । सन् २०१४ मा बंगलादेशमा नेपालले पहिलो पटक टि२० विश्वकप खेल्दै उच्च प्रर्दशनका साथ अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो सन्देश दिएको थियो । उक्त विश्वकपपछि नेपाली क्रिकेटको लोकप्रियता ह्वात्तै बढ्यो । तर उक्त विश्वकपको लयलाई नेपाली क्रिकेट टोलीले त्यसपछि निरन्तरता दिन सकेन ।
२०१५ मा ग्लोबल छनोटमा खराब प्रर्दशन गर्दै अर्को वर्ष भारतमा भएको टि२० विश्वकप खेल्न पाएन । २०१६ मा भने नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीको निलम्बन गर्यो । क्यान निलम्बनका बीच अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपाली टोलीले २०१८ ऐतिहासिक एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो ।
त्यसै वर्ष ओडीआई मान्यतासँगै नेदरल्यान्डसँग डेब्यु सिरिजको दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकाल्न सफल भयो । २०१९ को सुरुवातमा युएईसँगको तीन ओडिआई र तीन टि२० सिरिज २–१ ले जित्दै इतिहास रचेको थियो । त्यसयता भने टोलीको स्तर खस्किन थालेको छ । आशा एउटा र नतिजा अर्को आएको छ ।
कुनै समय आफूभन्दा निकै बलिया टोलीलाई निराश बनाउँदै विश्वमै सनसनी मच्चाउने नेपाली क्रिकेट टोली पछिल्लो समय तुलनात्मक रुपमा कमजोर टोलीसँग अप्रतयाशित हार बेहोर्दै बाहिरिन थालेको छ । पछिल्लो एक वर्षमा नेपाली क्रिकेट टोलीले टि२० विश्वकप र एसिया कप टि२० जस्ता अवसर सुरुवाती चरणमै गुमायो । यी दुई प्रतियोगितामा नेपाल सिंगापुर, कतार र मलेसिया जस्ता देशसँग पराजित भएको थियो । स्तर अनुसार प्रर्दशन गर्न नसकेको भन्दै कप्तान देखि सबै खेलाडीको आलोचना पनि त्यतिनै बढ्न थालेको छ ।
२०२२ सम्म रहेको ओडीआई मान्यतालाई निरन्तरता दिन नेपाललाई मुख्य चुनौती छ । अब नेपालको लक्ष्य १०–१५ वर्षमा टेष्ट मान्यता प्राप्त
गर्नु हो । तर नजिताले त्यसतर्फ यात्राको संकेत दिंदैन । पछिल्लो समय खेलाडीको गैर जिम्मेवार प्रर्दशन अर्को चिन्ताको विषय हो । अहिलेको अवस्थाबाट नेपाली क्रिकेट टोली माथि उठ्नलाई राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरुको सुझाव यस्तो छ ।
६. उत्तम कर्माचार्य (१९९६)
हामीले सबैभन्दा पहिला प्रतियोगिताको स्तर बढाउनुपर्छ । अहिलेको घरेलु प्रतियोगितामा भर परेर हुँदैन । २०७२ साल अघि क्यानले क्लब स्तरिय प्रतियोगिता गराएको थियो । त्यसले केहि फाइदा भएको थियो । दुई दिवसिय, तीन दिवसिय प्रतियोगिता हुनुपर्छ । अब हामीले जिल्ला स्तरिय प्रतियोगिता अनिवार्य गराउनुपर्छ । ग्रास रुटमा लगानी गर्नुपर्छ । खेलाडी टपक्क टिपेर ल्याउने धारणा बनाएर हुँदैन । यु१२ र यु१४ प्रतियोगिता गर्नुपर्छ । यु१९ र यु१६ सरकार र अन्यले पनि गरेका छन् ।
उमेर समुहका प्रतियोगिता हामीले प्याप्सन र एनप्याप्सन लगायतका अन्य संघ संस्थासँग सहकार्य गर्न सकिन्छ । त्यतातिर पहल गर्नुपर्छ । अहिलको प्रतिस्पर्धाको समयमा यस तरिकाले हामी अघि बढ्न सक्दैनौं । प्रशिक्षणको अवधी फराकिलो बनाउनुपर्छ । बाहिर जानु अघि एक महिना क्याम्पको समयलाई बढाउनुपर्छ । हरेक प्रदेश प्रदेशमा गएर प्रशिक्षणको शिविर चलाउनुपर्छ । समय समयमा देशभर ट्यालेन्ट हन्टको कार्यक्रम गर्नसक्नुपर्छ । यसो गर्न सकेमा नेपाली क्रिकेट माथि उठ्न सक्छ ।
५. लेखबहादुर (एलबी) क्षेत्री (१९९८)
नेपाली क्रिकेट विकासको लागि सबैभन्दा पहिला रोडम्याप तयार पार्नुपर्छ । नेपालले २०२२ सम्म ओडीआई मान्यता पाएको छ । ओडीआई मान्यता निरन्तरता दिन स्पष्ट योजना हुन आवश्यक छ । ओडीआई खेल्नु र टेष्ट खेल्नु फरक कुरा हो । टेष्ट टोलीको सपना पुरा गर्न अहिलेदेखि नै दुई दिवसिय, तीन दिवसिय लगायतका लामो प्रतियोगिता खेल्नुपर्छ । ओडीआईलाई त्यसै अनुसार अघि बढ्नुपर्ने हुन्छ । खेलाडीलाई धेरै भन्दा धेरै एक्सपोजर दिनुपर्छ । प्रशिक्षण, प्राविधिक, मानसिक देखी प्रशिक्षक सम्म सबै स्तरिय हुनुपर्छ ।
हामीलाई ग्रान्ड ५० हजार क्षमता भएको प्याराफिट सहितको क्रिकेट रंगशाला अहिलेको आवश्यकता होइन । खेलाडीले खेल्ने अन्तराष्ट्रिय स्तरमा मिल्ने खालको हुनुपर्छ । पिच राम्रो हुनुपर्छ । सबै कुराको विकास हुनुपर्छ । स्तरिय प्रशिक्षक ल्याउन सक्नुपर्छ । नेपाली क्रिकेटलाई माथि पुर्याउन सक्ने क्षमता भएको, नेपाल क्रिकेटलाई बुझेको, खेलाडीको शारिरीक भाषा जानेको प्रशिक्षक अहिलेको आवश्यकता हो । अर्कोतर्फ खेलाडी पनि आफ्नो प्रर्दशनमा जिम्मेवार हुन आवश्यक छ । यी सबैको लागि राम्रो व्यवस्थापन गर्दै क्यान पारर्दशिता, अनुशासित र जवाफदेही तरिकाले चल्नुपर्दछ । तब मात्र नेपाली क्रिकेट विकास हुन्छ ।
४. पवन अग्रवाल (२०००)
नेपाली क्रिकेटले गर्नुपर्ने धेरैनै काम छ । नेपाली क्रिकेट अहिले जुन स्तरमा छ, यहाँबाट माथि जान सबै कुरामा आमुल परिवर्तन आउन आवश्यक देखिन्छ । अहिले सम्म जसरी क्रिकेटको व्यवस्थापन गर्दै आएका छौं त्यसरी अब हुँदैन । छुट्टै व्यवस्थापन चाहिन्छ । त्यो क्यानले सोच्ने कुरा हो । हाम्रो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटको स्तर साथै क्रिकेटको व्यवस्थापन लगायत सबै कुरामा आमुल परिवर्तनको आउन आवश्यक छ । हामीले टेष्टको सपना देखेका छौं । अहिले जसरी चलेका छौं त्यसरी चाहिँ पुग्न सक्दैनौं ।
३. राजु खड्का (२००२–२००४)
हामीले ओडीआईलाई २०२२ पछि पनि कसरी निरन्तरता दिने भन्नेमा बढी केन्द्रित हुनुपर्छ । नेपाली टोलीमा अहिले खेलाडीको बीचमा आपसमा तालमेल छैन, गुट छ, खेलाडी छनोट पनि आफुलाई मन पारेको राख्नी नपरेको हटाउने गरेको भन्ने सुन्नमा आएको छ । यस्तो हुनु हुँदैन । खेलाडी छनोट निष्पक्ष हुनुपर्छ । यदि हामीले ओडिआईमा राम्रो गयौं भने हाम्रो स्तर आफैं बढ्छ । ओडीआईमै राम्रो गर्न सकि रहेका छैनौं भने माथिको सपना देख्नु मेरो विचारमा त्यति राम्रो होइन ।
आईसिसीलेनै नेपाली क्रिकेटको स्ट्रक्चर भएन भनेर भनि रहेको छ । टिमको म्यानेजमेन्ट देखि सबै कुरा राम्रो हुनुपर्छ । नाम त नलिउ तर केहि राम्रा खेलाडी विदेश पलायन भइसकेका छन् । पहिला हामी बनौं । क्वालिफायरमै संघर्ष गरिरहेका छौं । सन्दीप लामिछानेले हिजो चितवनबाट राष्ट्रिय टोली हुँदै आज ग्लोबल स्टार भएको छ । उसले माथि जाने अवसर पायो । अब सन्दीप जस्ता प्रतिभालाई माथि ल्याउन घरेलु क्रिकेट राम्रो हुनुपर्छ । घरेलु प्रतियोगितामा टि२० र एक दिवसिय त्यसै अनुसार हुनुपर्छ ।
२. परेश लोहनी (२००४)
मुख्यत: खेलाडी मानसिक रुपमा तयार हुनुपर्छ । अहिले हाम्रो टोलीमा मानसिक रुपमा तयार भएका अनुभवी तीन चार जना खेलाडी होलान् । अरु सबै युवा छन् । उनिहरुसँग ट्यालेन्ट धेरै छ तर अनुभव कम छ । जसले गर्दा नतिजा अलि नराम्रो आएको हो । ओडीआई मान्यता २०२२ सम्म छ । त्यसलाई निरन्तरता दिनलाई हामीले राम्रो प्रर्दशन गर्न आवश्यक छ । अहिले त्यसैमा बढी ध्यान दिउ ।
ओडीआई मान्यता पाएको दुई वर्ष त अब इतिहास भईसक्यो । भविष्यमा कसरी माथि बढ्ने भनेर योजना बनाउनुपर्छ । संघले आफुभन्दा राम्रो टोलीसँग बाहिर अभ्यास खेल्न पठाउनुपर्छ । जसबाट खेल विकास हुन्छ । टि२० बाट सिधै ५० ओभर खेलेको छ । जुन ३० ओभर बढी छ । घरेलु प्रतियोगिता त्यहि अनुसार हुनुपर्छ ।
१. विनोद दास (२००५–२००८)
विगत दुई वर्षमा नेपाली टोलीको प्रर्दशन ओरालो लाग्यो, तपाईं हामीले भनेको मात्र होइन की प्रर्दशनले नै बताउँछ । क्रिकेटमा प्रर्दशन सधैं माथि हुन्छ भन्ने हुँदैन । कहिले उकालो लाग्छ त कहिले ओरालो । हेर्नुस् प्रर्दशनको कुरामा टोलीले काम गरिरहेको छ होला । हामीले हाम्रो केहि गल्ती सुधार्नै पर्ने हुन्छ । हामीसँग बितेको तीन चार वर्ष जिम्मेवार निकाए क्यान थिएन । त्यसैले विकासको काममा तीन चार वर्षमा फिटिक्कै केहि गर्न पाएनौं । खाली क्रिकेट खेल्यौं । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनायौं । जसले गर्दा हाम्रो विकासको पक्षले चार वर्षमा संघर्ष गर्यो ।
मलाई लाग्छ त्यो काम अब हामीले आगामी चार वर्षमा डबल गर्नुपर्छ । हाम्रो घरेलु क्रिकेट सुधार्नु पर्ने होइन कि बनाउनै पर्ने भएको छ । घरेलु क्रिकेट हामीसँग अहिले छैन नै । अब पहिला जस्तो टालटुल गरेर अघि बढ्न सकिदैन । हेर्नुस्, बाहिरबाट भन्नलाई धेरै सजिलो छ । ‘हार्यो, प्रर्दशन भएन । शुन्यमा आउट भयो ।’ तर त्यो नगर्नलाई जति काम गर्नुपथ्र्यो त्यति कसैले गरेको पनि हुँदैन ।
हामीले दक्ष जनशक्तिदेखि सबै कुरामा सुधार गर्न आवश्यक छ । क्युरेटर, अम्पायर, स्कोरर लगायत सबै पक्ष स्तरिय हुनुपर्छ । एउटा उदारणमात्रै, हामीसँग स्तरिय अम्पायर छैन भने एक जना नयाँ खेलाडी छनोट खेल्न आयो । उसले तीन खेल छनोट खेल्न पाउँला । त्यो तीन मध्य दुईवटा खेलमा अम्पायरकै गलत निर्णयको कारण आउटै नभएको बलमा आउट दियो भने उसको करिअरनै बर्बाद हुन सक्छ । खाली खेलाडी मात्र होइन अब हामीले जनशक्तिदेखि सबै कुराको विकास गर्नुपर्ने हुन्छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]