5 years ago
April 25, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र दक्षिण अफ्रिका पुर्व कप्तान एबि डी भिलियर्सले मिलेर ब्याट, जर्सि र ग्लभ्स (पञ्जा) लिलामी गर्ने भएका छन् ।
कोहली र डिभिलियर्सले विश्वभर महामरीको रुप लिएको (कोभिड१९) प्रभावितलाई सहयोग गर्ने उदश्यले एकसाथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०१६ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट गुजरात लायन्सविरुद्ध प्रयोग गरेको ब्याट, ग्लभ्स र जर्सि लिलामी गर्ने निर्णय सामाजिक सञ्जाल इन्स्टाग्राम लाइभ क्रममा बताएका छन् । जसबाट प्राप्त रकम भारत र दक्षिण अफ्रिकामा कोरोना विरुद्धको लडाईंको राहत कोषमा जाने छ ।
डीभिलियर्सले उक्त खेलमा प्रयोग गरेको ग्रिन जर्सि, ब्याट र ग्लभ्स र कोहलीले ब्याट र ग्लभ्स सार्वजनिक लिलामीमा राख्ने छन् । सन् २०१६ मा गुजरात लायन्सविरुद्ध बेंगलोरले २० ओभरका ३ विकेटको क्षतिमा २ सय ४८ रन बनाएको थियो । दोस्रो विकेटका लागि कोहली र डी भिलियर्सले २ सय २९ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
कोहली १ सय ९ रनमा आउट हुँदा डी भिलियर्स १ सय २९ रनमा अविजित रहेका थिए । डी भिलियर्सले उक्त खेलमा ५२ बलमा १० चौका र १२ छक्का तथा कोहलीले ५५ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका थिए । उक्त खेलमा बेंगलोर १ सय ४४ रनले विजयी भएको थियो ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]