default_image

5 years ago

April 24, 2020

नेपाली क्रिकेटले सिकेको पाठ

98 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटका लागि २०७६ साल फलदायी रहेन । आशा गरेभन्दा विपरित नतिजा आउँदा निराशा बढी रह्यो । यो वर्ष नेपालले गुमाएको सबैभन्दा ठुलो अवसर टि२० विश्वकपको यात्रा सुरुवातमै टुंगिनु हो ।

नेपालले ३१ अन्तर्राष्ट्रिय खेलमा १४ जित, १५ हार र २ रद्दको नतिजा आत्मसात गर्यो । एकै वर्षमा पाँच विश्व कीर्तिमान बने । तीन वर्ष देखिको क्यान माथिको निलम्बन फुकुवा हुँदा नयाँ नेतृत्व पनि आयो । जुन सकरात्मक पक्ष हुन् । अन्य वर्षको तुलनामा नेपाल २०७६ मा अन्तर्राष्ट्रिय स्तरमा धेरै व्यस्त रह्यो । तर टोलीले लय समाउन सकेन ।

जुन क्रिकेटमा नेपाल मात्र होइन विश्वका सबै टोली र खेलाडीमा समय समयमा देखा पर्ने एक समस्या पर्दछ । २०७६ मा गुमाएका अवसरबाट पछुताउन भन्दापनि राम्रो पाठ सिक्दै सकरात्मक रुपमा अघि बढ्नु पर्छ । जसले नेपाली क्रिकेटलाई आगमी दिनमा नयाँ उचाईमा पुग्न सहज हुने छ । विंसं. २०७६ बाट नेपाली क्रिकेटले सिक्नुपर्ने ५ पक्ष ।

वरीयता होइन मैदानमा प्रर्दशन हुनुपर्छ

साउनमा सिंगापुरमा आइसिसी एसिया टि२० छनोट खेल्दा नेपाल टि२० आई वरियतामा ११ औं स्थानमा रहेको थियो । तर नेपाल २१ औं स्थानमा रहेको कतार र २३ औं स्थानमा रहेको सिंगापुरसँग पराजित हुँदै बाहिरिनु परेको थियो । चैतमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल १२ औं स्थानमा रहँदा ३५ औं स्थानमा रहेको मलेसियासँग सहजै पराजित भएको थियो । जसले वरियताले केहि फरक नपार्ने प्रष्ट हुन्छ । जितको लागि मैदानमा प्रर्दशन गर्नुपर्छ वरियता होइन भन्ने यो वर्षबाट राम्रो पाठ सिक्नुपर्छ ।

पारसमाथि अत्याधिक निर्भरताको अन्त्य

पूर्वकप्तान तथा अलराउन्डर पारस खड्का नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य हुन् । पारसको उच्च प्रर्दशनमा नेपालले कमै खेल र अवसर गुमाएको छ । यो वर्ष मात्र होइन एक दशकयता नेपाली क्रिकेट पारसमा बढी निर्भर छ । एसिया टि२० छनोटमा सिंगापुरसँग पराजित हुँदा पारस १२ रनमा आउट भएका थिए । त्यस्तै कतारसँग पराजित हुँदा २८ रनमा पेभिलिएन फर्केका थिए । पारसले १ सय ६ रनको शतकीय इनिङ खेलेपछि नेपालले त्रिकोणात्मक टि२० सिरिजमा सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य १६ ओभरमै १ विकेटको क्षतिमा पुरा गरेको थियो ।

चैतमा नेपाल एसिसी इस्टर्न टि२० क्रिकेटमा मलेसियासँग २२ रनले पराजित हुँदा पारस ९ रनमा आउट भएका थिए । यी केहि उदारण मात्र हुन् । कुनै समय नेपाली क्रिकेटको स्तर पारस एक्लैको प्रर्दशनमा जित सम्भव हुन सक्थ्यो । तर अव फेरिएको छ । स्वंयम पारसले पनि अव एक दुई खेलाडी चलेर जिताउन नसकिनै बेला बेलामा बताउँदै आएका छन् ।

पछिल्लो समय नेपाली क्रिकेट टोली ७ ब्याट्सम्यानको साथ मैदान उत्रँदै आएको छ । जसमा एक दुई जना ब्याट्सम्यानको प्रर्दशन खराब हुनु स्वभाविक हो । तर सबै ब्याट्सम्यानले खराब प्रर्दशन गर्नु भने टोलीले हार्नु हो । सधैं पारस चल्छन् र नेपालको जित हुन्छ भन्ने राम्रो पाठ सिक्न आवश्यक छ ।

क्षमतासँगै जिम्मेवार हुनुपर्छ

खेलाडीमा क्षमता मात्र भएर पुग्दैन, जिम्मेवार सहित मैदानमा आवश्यक परेको अवस्थामा प्रर्दशन गर्न सक्नुपर्छ । क्षमता भएर नै सबै खेलाडी सिनियर टोली सम्म पुग्छन् । तर त्यो क्षमता अन्तर्राष्ट्रिय स्तरमा कमै खेलाडीले मात्र देखाउँदै आएका छन् । पछिल्लो समय खेलाडी जिम्मेवार देखिएका छैनन् । गैर जिम्मेवार प्रर्दशन नै नेपालले गुमाएका ठूला अवसरको प्रमुख कारण हो ।

पछिल्लो समय नेपाल आफुभन्दा कमजोर टोलीसँग पराजित हुनुको प्रमुख कारणनै खेलाडीको खराब सट र गैर जिम्मेवार प्रर्दशन हो । विशेषत युवा खेलाडीमा यो समस्या बढी देखिन्छ । जुन मन लाग्यो त्यहि सट खेल्दै आउट भएको देखिन्छ । त्यसैले कमजोर टोलीविरुद्ध हार बेहोर्न थालेको छ । त्यसैले हरेक खेलाडीले जिम्मेवार लिएर खेल्नुपर्छ । मैदानमा प्रर्दशन गर्न सकिदैन भने त्यो क्षमताको कुनै महत्व रहँदैन ।

कडा प्रतिस्पर्धा

टोलीमा कडा प्रतिस्पर्धा छैन भने खेलाडी जिम्मेवार बन्दैन । राम्रो खेले पनि नखेले पनि टोलीमा पर्ने पक्का हुँदा खेलाडीले जिम्मेवार प्रर्दशन गर्दैन । त्यसैले टोलीमा कडा प्रतिस्पर्धा हुनुपर्छ । एक खेलाडी नराम्रो खेल्दा उसको अर्को राम्रो विकल्प हुनुपर्छ । अर्कोतर्फ बन्द प्रशिक्षणमा २०–२५ खेलाडीबाट टोली छनोट हुँदै आएको छ । २५ मध्य १५ ले स्थान बनाउँने हुँदा टोली घोषणा हुनु अघिनै कुन कुन खेलाडी पर्न सक्छन् सजिलै आंकलन  गर्न सक्ने अवस्था छ । अब बन्द प्रशिक्षणमा खेलाडी संख्या बढाउनुपर्छ ।

अर्कोतर्फ एउटा प्रतियोगिता राम्रो खेल्दैमा सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइन्छ । जसले खेलाडीले राष्ट्रिय टोली र जर्सीको महत्व बुझ्न सक्दैनन् । कम्तिमा खेलाडी एउटा सिजन राम्रो खेल्नुपर्छ । जसले खेलाडी प्रर्दशनसँगै मानसिक रुपमा पनि तयार भएको हुन्छ । अर्कोतर्फ कुन शैलीको लागि कुन खेलाडी योग्य छ भन्ने थाहा हुनुपर्छ । टि२० शैलीको खेलाडीलाई एक दिवसिय र एक दिवसिय शैलीको खेलाडीलाई टि२० खलाउँदा प्रर्दशन सधैं खराब रहन्छ । अर्को पछिल्लो समय डेब्युमा बढीनै हतार देखिएको छ । जुन नेपाली टोलीमा सुधार हुनुपर्छ ।

टोलीमा एकता हुनुपर्छ

टोली एकता नै बलियो हतियार हो । पछिल्लो समय राष्ट्रिय टोलीमा केहि खेलाडीमा गुट रहेको चर्चा छ । सन्दीप लामिछाने, पारस खड्का, शरद भेषावकर, वसन्त रेग्मीबीच सम्बन्ध राम्रो नभएको पाइन्छ । जसको प्रभाव यो वर्ष प्रर्दशनमा परेको छ । यसको असर आगामी दिनमा बढ्न नदिन सबै खेलाडी एकजुट भएर बढ्नुपर्छ । गुटको भावना कुनै पनि खेलाडीमा हुनुहुँदैन । देश भन्दा ठुलो खेलाडी हुन सक्दैन । एकताविना टोली अघि बढ्न सक्दैन भन्ने यो वर्षबाट सिक्न आवश्यक छ ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.