default_image

5 years ago

April 24, 2020

‘अझै राम्रो प्रदर्शन गर्न सक्छौं’

159 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको महिना दिन नाघि सक्यो । अत्यावश्यकबाहेक सेवासँग सम्बन्धित सबै क्षेत्रसँग नागरिक घरमा सिमित छन् । लकडाउनले दैनिक मजदुरी गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरुका लागि जीवन निर्वाहका लागि निकै कठिन हुँदै गएको छ ।

ती कमजोर अवस्था भएकाहरुलाई मध्यनजर गर्दै स्थानिय निकाय, सामाजिक संस्था र व्यक्तिगत रुपमा पनि राहतका रुपमा खाद्यान्य लगायतका सहयोग गरिरहेको देखिएको छ । तर, त्यस्तो राहत कतिपय ठाँउमा भने अत्यावश्यक भन्दा बाहेककाले पनि लिने गरेका समाचार सार्वजनिक भइरहेका छन् ।

यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले राहत वितरणको इस्यू बनेको उल्लेख गर्दै भने, ‘सबैको आर्थिक अवस्था एकै खाले हुँदैन । दैनिक मजदुरी गर्नेहरुका लागि कठिन छ । छाक टार्न पनि समस्या परेको छ । त्यसैले यस्तो कठिन अवस्थामा आवश्यकता पर्नेले मात्र राहत लिनुपर्छ । हुनेले नहुनेलाई सहयोग गर्ने समय हो । यो कुनै कन्टेस्ट होइन की सबैले भाग लिनुपर्ने । समय अनुसारको व्यवहार गर्न आग्रह गर्न चाहन्छु । लिनै पर्दा पनि अत्यावश्यक हुनेलाई पुगेपछि मात्र अरुले लिदा ठीक हुन्छ ।’

जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको लकडाउनको पालना गर्न सबैलाई आग्रह गर्दै ज्ञानेन्द्रले यो समय परिवारसँग रमाइरहेको सुनाए । ‘सुरु सुरुमा केहि आत्तिए जस्तो भएको थिए । विस्तारै बानी पर्दै गयो । खाना बनाउन , साग, फूल गोड्न सकिरहेको छु’, उनले भने, ‘अरुले चाहेर पनि परिवारसँग समय दिन गाह्रा हुन्थ्यो । अहिले पुरा समय परिवारका साथ बिताएको छु ।’

ज्ञानेन्द्रले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि शारीरिक दुरी, व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राख्न सरकारले दिएको सुझाव पालना गर्ने र घरमै रहनु उत्तम हुने बताए । उनले खेलाडी वा अन्य जो कोहिलाई फिजिकली फिट रहन सुझाएका छन् । ‘गुगुल , युटुब हेरेर पनि अभ्यास गर्न सकिन्छ । शाीरिक व्यायममा ध्यान दिउ’, उनले भने, ‘मोबाइल, टिभीमा भन्दा शारीरिक अभ्यासमा बढी समय दिदा स्वास्थ्य राम्रो हुन्छ । घरको काममामा सहयोग गरौं ।’

पारस खड्काले कप्तानी छाडेपछि ज्ञानेन्द्रले नेतृत्व सम्हालेको ६ महिना भएको छ । उनको नेतृत्वमा नेपालले ४ वटा प्रतियोगिता खेलेको थियो । मंसिरमा स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेको थियो । माघमा घरेलु मैदानमै भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग घरेलु मैदानमा एकदिवसिय सिरिजमा ओमानसँगको दुवै खेल गुमाएको नेपालले अमेरिकासँग भने दुवै खेल जितेको थियो ।

मंसिरमा बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र चैत्रमा थाईल्यान्डमा एसीसी इस्टर्न रिजन टि ट्वान्टी दुवै प्रतियोगितामा नेपाल समूह चरण बाटै बाहिरिएको थियो । ज्ञानेन्द्रले पछिल्लो छ महिनाको समिक्षा गर्ने क्रममा भने, ‘धेरै राम्रो गर्न सकेका छैनौं । जहाँ थियौं त्यहि छौं । हामी भन्दा कमजोर हाम्रो स्तरमा आइसकेका छन् । लिग २ को प्रदर्शन ठिकै भए पनि त्यो भन्दा राम्रो गर्न सकिन्थ्यो । सागमा पनि हामीले शीर्ष २ सक्नु पर्थ्यो ।’

लामो समय खराब फर्मबाट गुज्रेका ज्ञानेन्द्रले यो बीचमा भने व्यक्तिगत प्रदर्शनमा सन्तोषजनक रहेको छ । सागमा शतक हानेका ज्ञानेन्द्र उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । तर, उनी व्यक्तिगत प्रदर्शन टोलीको नतिजासँग जोड्नुपर्ने तर्क गर्छन् । ‘जितमा मेरो भूमिका के भयो । साथ कस्तो रह्यो भन्ने बढी अर्थ पूर्ण मान्छु । फर्ममा नहुदा बाट फर्ममा आउदा एउटा राम्रो हो, उनले आफ्नो भूमिकाका बारेमा थपे, कठिन समय र राम्रा टोलीसँग अझै राम्रो प्रदर्शन गर्न जरुरी छ ।’

झन्डै दश वर्ष पारस कप्तान हुँदाको पुरै अवधि उपकप्तान रहेका ज्ञानेन्द्रले कप्तान भन्दा अलिक फरक अनुभव गरेको सुनाए । ‘लामो समय उपकप्तान रहे । कप्तान सुन्दा अलि कस्तो कस्तो लाग्ने रहेछ,’ कप्तान पछिको मैदान भित्रको भूमिकाको व्यख्या गर्दै उनले भने, ‘रोलमा पहिला भन्दा फरक भएको छ । फोकल पोइन्ट आफु भइने । धेरै जिम्मेवारी, जवाफ पनि दिनुपर्ने हुन्छ । सबैलाई एक ठाँउमा ल्याउनु पर्ने हुन्छ । हिजो निर्णयमा सुझाव दिने भूमिका बाट अब निर्णय लिने अवस्था बन्ने रहेछ ।’

टोलीको हार वा जितमा जिम्मेवारी लिने सवालमा भने पहिलाबाट नै आफु त्यसको एउटा जिम्मेवार खेलाडीको रुपमा लिने गरेको उनले सुनाए ।
खेल जीवनमा लामो समय तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्र केहि वर्ष यता ओपनिङ गर्दै आएका छन् । उनले आफु टोलीको आवश्यकता अनुसार जुन नम्बरमा पनि ब्याटिङ गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

‘ब्याटिङ मा पनि तल माथि हुँदा खासै फरक सोचेको छैन । खेलाडीका रुपमा एडप्ट गर्न जरुरी छ । सबै चुनौती स्वकार गर्नुपर्दछ । मैले दिन सक्ने जे हो । त्यो ओपनिङ हुन सक्छ । भने म तयार छु’ , उनले थपे, ‘टिमको आवश्यतामा स्कोर गर्न चाहन्छु । सन्तुष्ट छु यो भूमिकामा । ओपनरहरु अरु पनि छन् । आउने सम्भावना भएको छ । म अर्को रोल फाइदा दिन सक्छु । जित्नलाई हेल्प गर्न सक्छु भने तल माथि जान अप्ठेरो छैन ।’

फर्ममा फर्केको संकेत गरेपनि लामो इनिङ खेल्न नसकेकोमा भने आफैंलाई खट्केको ज्ञानेन्द्रले सुनाए । ‘ ओपनिङ गर्ने भनेको एउटा कठिन अवस्थाको सामना गर्ने हो । तर आफुले जानेर त्यस्तो गरिन्न । लामो इनिङ खेल्ने इच्छा छ । जान नसकेको हो’ , उनले स्वमुल्याङ्कन गरे, ‘आफैंलाई महसुस हुन्छ । विग स्कोर लाने हो भने टिम पनि जित्ने अवस्था हुन सक्नेछ । टोलीको जितको प्रतिशत अझै बढ्थ्यो भन्ने लाग्छ ।’

कप्तानले राम्रो प्रदर्शन गर्न सकेको खण्डमा टोलीमा त्यसको सकारात्मक पर्ने उल्लेख गर्दै ज्ञानेन्द्रले भने, त्यस्तो अवस्थामा टोलीमा वातावरण नै उत्साहित हुन्छ । तर, क्रिकेटमा सधै एउटैले प्रदर्शन गर्छ भन्ने हुन्न । कहिले कसको पालो कहि कस्को पालो हुन्छ ।’

आफ्ना बारेमा हुने गरेको आलोचनाका बारेमा पनि ज्ञानेन्द्र जानकार देखिए । ‘जसले पनि आलोचना गर्नेहरुलाई मैले आफ्नो प्रदर्शनबाट जवाफ प्रदर्शनबाटै देखाउने हो । जब लाग्छ की म अब टोलीको योगदान गर्न सक्दिन त्यो समयमा मलाई कसैले भनिराख्न पर्दैन’ , उनले थपे, ‘म आफ्नै छोड्छु । आफुले योगदान गरिराख्न नसक्दा बसिराख्नु पर्छ भन्नेमा म छैन ।’

आफ्नो समय अलि राम्रो नचलेको भन्दै ज्ञानेन्द्रले अगाडि भने, ‘बोल्दा उल्टो अर्थ लाग्ने समय छ । कुराको गहिराइन नबुझ्ने अनि आलोचना मात्र गर्दा दुःख लाग्छ । तथ्यांकसहित आलोचना आयो भने त्यसको स्वागत र्छु । तथ्याङ्क र गहिराइमा आयो भने त्यसलाई मान्नुपर्छ । हो हामीले एकरुपको प्रदर्शन गर्न सकेका छैनौ । म कप्तान भएर मात्र खराब खेलेको भने होइन । माथिल्लो स्तरमा खेल्न सहज छैन ।’

टोलीमा एकता छैन भन्ने विषयलाई भने ज्ञानेन्द्रले अस्वीकार गरेका छन् । ‘कुनै बेला बाहिरको कुराले असर गर्छ । सकेसम्म सामाजिक सन्जालबाट टाढा बस्न खोज्छौं । टिममा एकता छैन भन्ने हल्ला हो’ , उनले अनुभव सुनाए, ‘हारमा धेरै हल्ला आउँछ । घरमा पनि सबैको कुरा सबैलाई चित्त नबुझ्न सक्छ । बुबाको कुरा छोरालाई छोराको कुरा आमालाई चित्त नबुझ्न सक्छ । त्यसको मतलब त्यो परिवार होइन भन्न मिल्दन । टोलीले हार्दा अली धेरै कुरा आउँछ । मैदान भित्र होस् वा बाहिर हामीलाई क्रिकेटले जोडेको छ ।’

नेपाल क्रिकेट संघ (क्यान) माथि आइसिसीको निलम्बन हुँदा एउटा अभ्यास गरिएको स्मरण गर्दै ज्ञानेन्द्रले अब नयाँ परिस्थिति तयार भइसकेकोले त्यसमा अभ्यस्त हुन क्यान र टोली प्रयासरत रहेको बताए । असोजको ११ गते क्यानको निर्वाचन भएको थियो भने असोजको अन्त्यतिर आइसिसीले क्यानको निलम्बन फुकुवा गरेको थियो । क्यानको निलम्बन फुकुवा भएको एक दिन नवित्दै पारसले कप्तानबाट राजीनामा दिएका थिए । पारस पछि ज्ञानेन्द्र स्वभाविक दाबेदार थिए र उनले जिम्मेवारी पाएका थिए ।

क्यान र क्रिकेट टोली दुवै पक्षलाई अहिलेको अवस्था कठिन रहेको उनको बुझाई छ । ‘तीन चार वर्षको ग्याप उहाँहरु आउनुभएको छ । हामी पनि क्यानको सिस्टममा जानु परेको छ । विगतमा प्रशिक्षक, कप्तान र व्यवस्थापकबाट काम हुन्थ्यो’, उनले भने, ‘अहिले फरक छ । क्यानले पनि ओडीआई  मान्यता पाइसकेको देशले आइसिसीको निर्देशन मान्नु पनेछ । कोशिस गरिराख्नु भएको छ । केहि समय लाग्ला । विस्तारै सामान्य हुँदै जाला ।’

ज्ञानेन्द्रले क्रिकेट टोलीका अधिकांश काम क्यानका महासचिव अशोकनाथ प्याकुरेलमार्फत हुने गरेको बताए । ‘आवश्यकता अनुसार फोनमा कुरा हुन्छ । उहाँहरु पनि नयाँ हुनुहुन्छ’, उनले जोडे, ‘हामीले पनि संस्थागत प्रक्रियामा जानु पर्छ । आवश्यक छलफल, बैठक पनि हुन्छ । नियमित सम्पर्क छ । नेपाल अघि बढ्नुपर्छ भन्नेमा हामी एक ठाँउमा छौं ।’

नयाँ प्रशिक्षक छनोटका विषयमा आफुसँग परामर्श नभएको पनि उनले सुनाए । ‘कप्तानले प्रशिक्षक छनोट गर्ने होइन । पहिलो बढी जिम्मेवार हुन पर्थ्यो । तर अहिले यो सबै क्यानले हेर्ने हो । कप्तानसँग सुझाव लिन आवश्यक देख्नु भयो भने दिने हो । अहिले त्यसको केहि छलफल भएको छैन । प्रशिक्षक जो आउँदा पनि टोलीले गर्ने प्रदर्शन बढी महत्वपूर्ण हो ।’

क्रिकेट खेलाडी बन्ने सोच राख्नेका लागि ज्ञानेन्द्रले धैर्यता राख्न सुझाव दिएका छन् । ‘एकै रातमा कोही खेलाडी बन्न सक्दैन । एउटा राम्रो खेलाडी बन्न आठ दश बर्ष लाग्छ । त्यसमाथि हाम्रो देशमा क्रिकेट कम छ । एक्सपोजर कम छ, खेल कम छ’ , उनले सुझाव दिए, ‘एकैपटक चेन्ज हुदैन । धैर्यता राख्नुपर्दछ । अभिभावक पनि चाडै हतोत्साहित भएको देख्छु । हतारिएर नतिजा आउँदैन । कतिपय खेलाडीले परिपक्व भएपछि मात्र मात्र प्रदर्शन दिन सक्ने अवस्थामा आउँछन् ।’

उनले समर्थकहरुलाई सानो सानो कुराले निराश नहुन आग्रह गर्दै भने, ‘विगतमा जस्तै साथ दिनुस् । हामी आफ्नो ठाँउबाट कोशिस गछौं । तपाईंहरुलाई गर्व महसुस गर्ने अवस्था बनाउनका लागि हामी अझै मिहेनत गर्नेछौं ।’

ज्ञानेन्द्रसँगको भिडियो अन्तर्वार्ता :

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.