default_image

5 years ago

April 22, 2020

सकीबले विश्वकपको ब्याट लिलामी गर्ने

130 views

0 Bookmark

एजेन्सी – बंगलादेशका पूर्व कप्तान तथा स्टार अलराउन्डर सकीब अल हसनले विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) विरुद्ध लडाईको लागि पैसा जुटाउन इंग्ल्यान्डमा गत वर्ष एक दिवसिय विश्वकपमा आफुले प्रयोग गरेको ब्याट लिलाम गर्ने भएका छन् ।

३३ वर्षीय अलराउन्डर सकीबले गत वर्ष इंग्ल्यान्डमा भएको विश्वकपमा २ शतक र ५ अर्ध शतक सहित कुल ६ सय ६ रन बनाउनुको साथै ११ विकेट लिर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । एकै विश्वकपमा ६ सय रन र १० विकेट लिने सकीब एक्लो अलराउन्डर हुन् । सकीबले आफ्नो फेसबुक लाइभ मार्फत भनेका छन्,’मैले यस अघिनै भनेको थिएँ म लिलामीमा ब्याट राख्न चाहान्छु । २०१९ को एक दिवसिय विश्वकपमा प्रयोग भएको ब्याट लिलामी गर्ने निर्णय गरेको छु । यो मलाई निकै मन पर्ने ब्याट हो ।’

‘मैले विश्वकपमा ब्याट र बल दुवैबाट राम्रो प्रर्दशन गरेको थिएँ । विशेषत ब्याटबाट राम्रो प्रर्दशन भएको थियो । मैले विश्वकपमा यहि ब्याट प्रयोग गरेको थिएँ । यो ब्याट मेरो लागि धेरै विशेष छ । तर त्यो भन्दा पनि अझ धेरै विशेष मानिसहरु छन्’, सकीबले भनेका छन् ।

कीर्तिमानी अलराउन्डर सकीबलाई गत कात्तिकमा सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) दुई वर्ष प्रतिबन्ध लागाएको छ । यसअघि बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमले सन् २०१३ मा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गरेको ब्याट लिलामी गर्ने घोषणा गरिसकेका छन् ।

हालसम्म बंगलादेशमा ३ हजार ३ सय ८२ जना कोरोना संक्रमित देखिदा १ सय १० जनाको मृत्यु भएको छ । ८७ जना ठिक भएका छन् । केहि साता अघि इंग्ल्यान्डका विकेटकिपर जस बटलरले विश्वकप फाइनलमा लगाएको जर्सी लिलामीमा राख्दा ६५ हजार पाउन्डमा विक्री भएको थियो ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.