10 years ago
September 3, 2015
भद्र १७, काठमाडौं
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिगमा आज भएको खेलमा नेपालले साउदी आरबलाई ९ विकेटले पराजित गरेको छ । ५५ रनको लक्ष्य नेपालले ९ ओवरमा १ विकेट गुमाउदै भेट्टाएको थियो । यो समुह चरणको अन्तिम खेल थियो , नेपाल उपविजेता बनेको छ ।
अन्तिम खेलमा साउदी अरेवियामाथी ९ विकेटका प्रभावसाली जित निकालेपनि अफगानिस्तानसंगेको खेलनै नेपालका लागि निर्णयक बन्यो । प्रतियोगितामा सबै टिमलाई पराजित गर्न सफल अफगानिस्तान च्याम्पीयन बन्यो ।
विहिबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको साउदी अरेविया नेपाली बलरहरु सामु निहर्य रह्यो । उसले ३३ ओभर २ बलमा ५५ रन जोड्दा सम्पुर्ण विकेट गुमायो । साउदी विरुद्ध निकै उत्कृष्ट बलिङ गरेका शुसिल कडेलले १० ओभर बलिङ गर्दै ९ मेडन फालेर १२ रन दिंदै ४ विकेट लिएका थिए । त्यस्तै शुनिल धमला र प्रेम तामाङले २–२ विकेट लिए।
५६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ९ ओभरमानै १ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । नेपालका लागि सुनिल धमलाले अविजित ३४ रन बनाए भने राजु रिजाल १४ रनमा नटआउट भए । संकर राना ४ रन बनाएर पेवियलियन फर्किएका थिए ।
यसअघिनै एसिया कपका लागि छनोट भइसकेको नेपालको यो प्रतिष्ठाका लागि मात्र महत्वपुर्ण प्रतियोगिता थियो । प्रतियोगितामा अफगानिस्तान अपराजित रहंदै च्याम्पियन बन्यो । उसले प्रतियोगिताका सबै टिम विरुद्ध फराकिलो जित निकाल्यो प्रतियोगितामा दोस्रो बनेको नेपाल माथी अफगानिस्तानले १० विकेटको प्रभावसाली जित निकालेको थियो । उसले विहिबार भएको अन्तिम खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दे अपराजित टिमका रुपमा प्रतियोगिताको अन्त गर्यो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]