5 years ago
April 20, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस(कोभिड१९) को कारण अनिश्चित समयका लागि स्थगित भएको छ । कोरोनाको महामारी दिन प्रतिदिन बढ्दै जादा तत्काल खेलकुदका कुनैपनि गतिविधि सुरु हुने सम्भावना छैन ।
अष्ट्रेलियामा अक्टोबरदेखि टि२० विश्वकप र त्यसअघि सेप्टेम्बरमा एसिया कप हुने हुँदा आइपिएलका लागि समय निकाल्न निकै मुस्किल छ । यी दुवै प्रतियोगिता स्थगित भएमा आइपिएलको सम्भावना रहन्छ । कोरोना अवस्था सामान्य नहुँदासम्म कुनै पनि क्रिकेटको आयोजनाबारे सोच्न सकिने अवस्था छैन । तर अवस्था सामान्य हुँदा भारतीय क्रिकेट कन्ट्रोल बोर्डले (बिसिसिआई) उपयुक्त समय र तरिका खोज्नेछ । यो वर्ष आइपिएल आयोजना गर्ने यी ५ विकल्प हुनसक्छ ।
५. लिगमै उपाधि छिनोफानो
आइपिएलमा ८ फ्रेन्चाइज टोली छन् । सामान्य नियममा लिग चरणको होम र अवे खेलपछि शीर्ष ४ टोली प्ले अफमा छनोट हुन्छन् । क्वालिफयार, एलिमिनेटर र दोस्रो क्वालिफायर हुँदै फाइनलमा पुग्छन् । यसको विकल्पमा लिग चरणको आयोजना गरेर शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने विकल्पमा आइपिएल गर्न सकिन्छ । जसले क्वालिफायर, एलिमिनेटर, फाइनल तथा अन्य समय खर्च कम हुने हुँदा आइपिएल छोटो हुन जान्छ ।
४. समुह चरण
यस पटक आइपिएल समुह चरणको आधारमा गर्न सकिन्छ । विश्वकप र एसिया कप यसै वर्ष हुँदा तालिका निकै ब्यस्त छ । त्यसैले आइपिएलको सम्भावा निकै कम छ । तर यो अवस्थामा ८ टोलीलाई २ समुहमा विभाजन गरि प्रतिस्पर्धा गराउन सकिन्छ । आइपिएलमा होम र अवे गरि एक टोलीले १४ खेल खेल्छन् । जसले गर्दा लामो समय लाग्दछ । एउटा समुहमा ४ टोली हुने हुँदा लिग चरणमा कुल १२ खेल खेल्छन् । जसबाट समुहका शीर्ष एक एक टोलीमा फाइनलको व्यवस्था वा सेमिफाइनल समिकरण गराउँदा पनि आइपिएल निकै छोटो हुन जान्छ ।
३. सिंगल राउन्ड लिग
समुह चरणमा गराउँदा विवाद नउठ्ला भन्न सकिदैन । त्यसैले बिसिसिआई विवादबाट टाढै रहने हर प्रयास गर्ने छ । त्यसैले आइपिएल होम अवे मैदानमा डबल राउन्ड रोबिनको आधारमा भन्दा पनि सिंगल लिग आधारमा गर्नु अर्को राम्रो विकल्प हो । यसले आधा समय बचाउँछ ।
२. बन्द रंगशाला
सिंगल राउन्ड रोविनमा कुन टोली कसको घरेलु मैदानमा खेल्ने भन्ने विवाद उठ्न सक्छ । सबै टोली आफ्नो घरेलु मैदानमा समर्थक सामु खेल्न चाहन्छन् । जसको विकल्प बन्द रंगशाला हो । कोरोनाको अवस्था सामन्य भएपछि यस पटक भारतमै बन्द रंगशाला भित्र आइपिएल हुन सक्छ । बन्द रंगशाला समर्थक जान पाउँदैनन् । भित्र खेलाडीले प्रतिस्पर्धा गर्ने गर्दछन् ।
समर्थकले टेलिभिजन लगायत अन्य माध्यमबाट मनोरञ्जन लिन सक्छन् । बन्द रंगशाला भित्र गर्दा कोरोना सर्ने सम्भावना रहँदैन । यो वर्ष आइपिएल भारतमै भएमा यो शैलीमा हुने सम्भावना धेरै छ । स्थगित हुनुअघि बिसिसीआईले यहि तरिकामा लिग गराउने तयारी गरेको थियो ।
१. विदेशमा आइपिएल
यस पटक आइपिएल भारत बाहिर गर्ने सम्भावना पनि छ । कोरोना संक्रमण कम देखिएका देशमा सामान्य अवस्था हुनासाथ आइपिएल सुरु हुनसक्छ । बिसिसिआइलाई श्रीलंका क्रिकेट बोर्डले आफ्नो देशमा गर्न प्रस्ताव राखि सकेको छ । त्यस्तै बंगलादेशमा पनि त्यो सम्भावना रहन्छ । यसअघि सन् २००९ मा आइपिएलका पुरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आइपिएलका केहि खेल यूएईमा भएका थिए ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]