default_image

5 years ago

April 20, 2020

मुश्फिकुरले ऐतिहासिक ब्याट लिलाम गर्ने

108 views

0 Bookmark

एजेन्सी – बंगलादेशका सर्वाधिक सफल विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमले कोरोना भाइरस (कोभिड१९) का बिरामीहरुलाई सहयोग गर्न आफ्नो ऐतिहासिक ब्याट लिलाम गर्ने भएका छन् ।

मुश्फिकुरले सन् २०१३ मार्चमा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गर्ने ब्याट लिलाम गर्ने भएका छन् । ‘मलाई यो ब्याट विशेष मन पर्छ, किनभने यसले इतिहास बोकेको छ । यो देशको लागि पहिलो दोहोरो शतक प्रहार गर्ने ब्याट हो । तर मानव जीवनभन्दा ठुलो कुरा अरु केहि छैन र त्यसैले म यसलाई लिलामी गर्ने निर्णय गरे’, रहिमले भने ।

‘यस लिलामको माध्यमबाट मैले एक दुई जना मान्छेलाई पनि सहयोग गर्न सक्छु भने त्यो सबैभन्दा ठुलो कुरा हुने छ । यदी ब्याट लिलामी अक्सनमा राम्रो प्रतिक्रिया पाएँभने अरु पनि राख्ने छु’, उनले भनेका छन् ।

रहिम बंगलादेशबाट टेष्टमा तीन दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । सन् २०१८ मा र २०२० मा मुश्फिकुरले जिम्बावेविरुद्ध क्रमश : २ सय १९ र २ सय ३ रनको दुबै अविजित इनिङ खेलेका थिए । श्रीलंका विरुद्ध २ सय रन जोडेका थिए ।

पछिल्लो पटक रहिमले जिम्बावेसँग शतक प्रहार गर्दा विकेटकिपरको भुमिकामा थिएनन् । तर रहिम टेष्टमा दुई शतक प्रहार गर्ने पहिलो विकेटकिपर समेत हुन् । बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तथा पुर्व कप्तान समेत रहेका रहिमले आफ्नो प्रर्दशनमा जोड दिन टेष्टमा विकेटकिपर नगर्ने केहि समय अघि निर्णय लिएका थिए ।

सिमित ओभरमा भने विकेटकिपरको भुमिका निर्वाह गर्दै आएका छन् । बंगलादेशमा हालसम्म २ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिदा ९१ जनाको मृत्यु भएको छ भने ७५ जना ठिक(रिकभर) भएका छन् ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.