5 years ago
April 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा नयाँ माटो हाल्ने तयारी गरेको छ ।
विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण विश्व संकटमा छ । खेलकुदका सम्पुर्ण गतिविधि ठप्प छन् । नेपाल सरकारले लकडाउन लगाएको झण्डै १ महिना पुग्न लागेको छ । लकडाउन भई रहँदा टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मर्मत सम्भार कार्य जारी छ । चैत्र २० देखि मैदानका स्टाफले पिचमा दुबो रोप्न सुरु गरेका छन् ।
क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले कुल ८ मध्य ४ पिचमा दुबो रोपेर सकिएको बताए । ‘बाँकी दुईवटा पिचमा भने माटो हालेपछि रोपिने छ । दुई वटामा रोप्ने तयारी छ । लकडाउनको कारण पर्याप्त जनशक्ति नहुँदा नयाँ माटो हाल्न सकिएको छैन । कोरोनाले प्रभावित नभएको भए एभरेष्ट प्रिमियर लिग (इपिएल) पछि बाहिरबाट नयाँ माटो लिएर हाल्ने योजना बनाएका थियौं’, सिंहले भने ।
टीयुमा रहेका एक र ८ नम्बर पिच केहि दबेको हुँदा माटो हाल्नैपर्ने अवस्था छ । पिचमा माटो हालि सकेपछि कम्तिमा तयार हुन तीन महिना समय लाग्छ । मैदानका इन्चार्ज मधु तामाङले यस प्रक्रियाका लागि कम्तिमा ३ महिना समय लाग्ने बताए ।
‘लकडाउन सकिनु अघि माटो राख्ने सम्भावना छैन । टीयुका सबै पिचको माटो फेर्नुपर्ने भएको छ । तर त्यसको लागि तीन चार महिना समय हुनुपर्छ, तीन महिना भन्दा बढी समय खाली भए सबै पिचको माटो झिकेर नयाँ राख्ने छौं । हैन भने दुइ वटा पिच (एक र ८) नम्बरको नयाँ माटो राखिने छ । एउटा पिचमा कम्तिमा ४ देखि ६ फिट माटो राख्नुपर्छ । माटो राखिसकेपछि दुबो उमारेर सेट गराउन समय लाग्दछ’, तामाङले भने ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]