5 years ago
April 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाल सकारले कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस कारण सिप्यानले वर्षेनी आयोजना हुने एनसिसिएस सिप्यान क्रिकेट अवार्ड रद्द गर्दै पुरस्कार रकम ४ लाख ६२ हजार शुक्रबार कोषमा जम्मा गरेको हो । सिप्यानका अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले यसअघि नै विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण स्थगित गर्नुका साथै अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा प्रदान गर्ने जानकारी गराएका थिए ।
सिप्यानले विभिन्न ५ विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो । अवार्ड। अन्तर्गत उत्कृष्ट ५ विधामा दिने पुरस्कार रकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिइएको छ । उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरिएको थियो ।
शिक्षा क्षेत्रमा समर्पित संस्था एसिसिएस ग्रुपको मुख्य प्रायोजन रहेको अवार्डको अब अर्को संस्करण सन् २०२१ मा आयोजना गर्नेपनि सिप्यानले उल्लेख गरेको छ । कोरोना भाइरसकै कारण सिप्यानले चैत २१ गतेका लागि आयोजना गर्ने भनिएको अवार्ड स्थागित गरेको थियो ।
विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण १ लाख ४५ हजार भन्दा बढी मृत्यु भइसकेको छ भने २१ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा पनि शुक्रबारसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]