5 years ago
April 17, 2020
एजेन्सी – क्रिकेट दक्षिण अफ्रिकाले पूर्व कप्तान ग्रिम स्मिथलाई बोर्डको निर्देशक नियुक्त गरेको छ । गत डिसेम्बरमा अस्थायी रुपमा पद सम्हालेका स्मिथले दुई वर्षको सम्झौता गर्दै सन् २०२२ अप्रिलसम्म जिम्मवारी निर्वाह गर्ने भएका हुन् ।
स्मिथ निर्देशकमा नियुक्त भएसँगै दक्षिण अफ्रिका टोलीमा सुधार देखिएको थियो । दुई वर्षको लागि निर्देशकमा नियुक्त भएसँगै स्मिथले भनेका छन्, ‘म दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय स्तरमा फर्काउन प्रतिबद्ध छुँ, स्थायि नियुक्तीले योजना अघि बढाउन सजिलो हुने छ ।’
‘ग्रिमले ६ महिना सम्म कार्यवाहकको रुपमा यस पदमा काम गर्दा आफ्नो उर्जा, विशेषज्ञता, कडा मिहिनेत, नैतिक र चारित्रिक ढृढ संकल्पका साथ आफ्नो ठुलो प्रभाव देखाए । यसले दक्षिण अफ्रिका चाडैंनै लयमा फर्किने आशा छ’, बोर्डले जारि गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
३९ वर्षिय बायाँ हाते ओपनर स्मिथ दक्षिण अफ्रिका सफल कप्तान मानिन्छन् । उनले दक्षिण अफ्रिकाका लागि १ सय १७ टेष्ट, १ सय ९७ ओडीआई ३३ टि२० आई खेल खेलेका छन् । उनले आफ्नो कप्तानीमा १ सय ८ टेष्ट खेल खेल्दै ५३ मा जित, २८ मा पराजित र २७ ड्र गराएका थिए । त्यस्तै १ सय ४९ एक दिवसिय खेलमा कप्तानी गर्दै ९२ मा जित र ५१ मा हार बेहोरे ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]