default_image

5 years ago

April 16, 2020

विश्व क्रिकेटका ५ उत्कृष्ट फिनिसर

121 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा सबै खेलाडीको आ–आफ्नो भुमिका हुन्छ । ओपनर, शीर्षक्रम, मध्यक्रम, फिनिसर, पावर प्ले र डेथ ओभरमा बलिङ गर्ने बलर, मध्यक्रम, स्पिनर, तीब्र गति, पार्ट टाइम, विकेटपिकर आदी । यी सबै कुराको सन्तुलन भएमा जित सहज हुन्छ ।

हरेक टोलीलाई फिनिसर (खेल अन्त्य गर्ने खेलाडी) आवश्यक पर्छ । फिनिसर एक चुनौतीपुर्ण भुमिका हो । राम्रो सुरुवातले मात्र टोलीको जित सम्भव हुँदैन अन्त्य पनि उत्कृष्ट हुनुपर्छ । राम्रो अन्त्य हुन नसकेको खण्डमा शीर्षक्रमका ब्याट्सम्यानको उच्च प्रर्दशन खेर जान सक्छ । अन्तिम सम्म क्रिजमा रहि जित दिलाउन प्रयास गर्नु पक्कै सहज हुँदैन ।

त्यसैले सबै टोलीले आफूसँग उत्कृष्ट फिनिसर खेलाडी होस् भन्ने चाहान्छन् । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी उत्कृष्ट फिनिसरको एक उदाहरण हुन् । झण्डै डेढ दशक उत्कृष्ट विकेटकिपर फिनिसरको पहिचान बनाएका धोनी क्रिकेट करिअरको अन्त्यमा छन् । त्यस्तै वर्तमान क्रिकेटका ५ उत्कृष्ट फिनिसर खेलाडी बारे जानकारी ।

५. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

अष्ट्रेलियाका ३१ वर्षिय आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल क्रिजमा रहँदासम्म जितको आशा जो कोहीको मनमा हुन्छ । उनी क्रिजमा हुनु विपक्षी कप्तानलाई ठूलो चुनौती हो । आक्रामक ब्याटिङनै म्याक्सवेलको परिचय हो । म्याक्सवेलले एक दुई ओभरमै खेललाई मोड्न सक्छन् । टि२० क्रिकेट शैलीमा म्याक्सवेललाई रोक्न मुश्किल पर्छ । ५४ टि२० आई इनिङमा ३ शतक र ७ अर्ध शतक सहित १५ सय ७६ रन बनाएका छन् ।

गत वर्ष भारतसँगको दोस्रो टि२० खेलमा १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा म्याक्सवेलले ५५ बलमा ७ चौका र ९ छक्का सहित १ सय १३ रनमा अविजित रहँदै ७ विकेटको सहज जित दिलाएका थिए । यो उनको एक उदारण हो । यसरीनै म्याक्सवेलले आफ्नो भुमिका निर्वाह गर्दै सफल फिनिसरको पहिचान बनाएका छन् ।

४. डेविड मिलर (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका आक्रामक ब्याट्सम्यान डेविड मिलरले ‘किलर मिलर’को उप नाम पाएका छन् । उप नामले मिलरको भुमिका र परिचय बताउँछ । सिमित ओभरमा दक्षिण अफ्रिकाको पहिलो रोजाईका ब्याट्सम्यान मिलर डेब्यु देखिनै आक्रामक ब्याटिङ गर्दै आएका छन् । मिलरले १ सय ३२ ओडिआइ र ७८ टि२० आई खेलेका छन् । ओडिआईमा ५ शतक र १४ अर्ध शतक सहित ३२ सय ३१ रन बनाएका छन् । टि२० आईमा १ शतक र २ अर्ध शतक सहित १४ सय ९ रन जोडेका छन् । मिलर वर्तमान क्रिकेटमा एक सफल फिनिसरको रुपमा चिनिन्छन् ।

३. आन्द्रे रसेल (वेस्ट इन्डिज)

वेस्ट इन्डिजका आन्द्रे रसेल विश्व क्रिकेट जगतमा चर्चित नाम हुन् । क्यारेबियनका खेलाडीले टोली जतिसुकै कमजोर अवस्थामा पुगेपनि प्रयास चौका र छक्का हुने गर्दछ । रसेल बलिङ जस्तै ब्याटिङ पनि त्यतिनै आक्रामक रुपमा गर्ने गर्दछन् । विश्वका सबै चर्चित टि२० लिगमा पहिलो रोजाईमा पर्ने रसेलले कठिन अवस्थामा पुगेको जितलाई आफ्नो आक्रामक ब्याटिङमा सहज बनाउछन् ।

गत महिना मात्र श्रीलंकाविरुद्ध १४ बलमा ६ छक्का सहित ४० रनमा अविजित रहँदै सहज जित दिलाएका थिए । सन् २०१६ को टि२० विश्वकप सेमिफाइनलमा भारतविरुद्ध कठिन अवस्थामा पुगेको वेस्ट इन्डिजलाई २० बलमा ३ चौका र ४ छक्का सहित ४३ रनमा अविजित रहँदै ७ विकेटको सहज जित दिलाएका थिए । उनले गत वर्ष आइपिएलमा कोलकता नाइटराइडर्सबाट प्राय सबै खेलमा आक्रामक अन्त्य गर्दै सनसनी मच्चाए ।

रसेलले ४७ ओडिआई इनिङमा १ हजार ३४ र ४१ टि२० आईमा ५ सय ४० रन बनाएका छन् । रसेल यस्ता खेलाडी हुन् जसले आफ्नो शरिरको शक्तिले छक्का प्रहार गर्न सक्छन् । त्यसैले पनि जव सम्म रसेल क्रिजमा रहन्छन् तव सम्म जित टाढा देखिदैन ।

२. जस बटलर (इंग्ल्यान्ड)

२९ वर्षिय इंग्ल्यान्डका जस बटलर विकेटकिपर ब्याट्सम्यान हुन् । बटलर वर्तमान क्रिकेटमा एक सफल विकेटकिपर मानिन्छन् । ओइन मोर्गन कप्तान बनेपछि इंग्ल्यान्डले खेल्ने शैली परिवर्तन गर्दै गत वर्ष घरेलु मैदानमा ऐतिहासिक एक दिवसिय विश्वकप जित्न सफल भयो । सन् २०१५ को एक दिवसिय विश्वकपमा समुह चरणबाटै बाहिरिएपछि इंग्ल्यान्ड नयाँ रणनितीका साथ अघि बढ्को थियो । जसमा बटलर पहिलो रोजाईको विकेटकिपरमा परे ।

बटलरले मोर्गन माथिको विश्वास गुम्न दिएनन् । बटलरलाई बेन स्टोक्सको जोडीको रुपमा लिइन्छ । इंग्ल्यान्डको शीर्षक्रम असफल हुँदा स्टोक्स र बटलरले समाल्ने गर्दछन् । इंग्ल्यान्डले घरेलु मैदानमा पहिलो पटक विश्वकप जित्दा बटलरको योगदान महत्वपूर्ण थियो । इंग्ल्यान्डको मध्यक्रममा ब्याटिङ गर्दै बटलरले फिनिसरको भुमिका निर्वाह गर्दै आएका छन् । २ सय ५२ अन्तर्राष्ट्रिय खेलमा बटलरले ७ हजार ३ सय ४ रन बनाएका छन् ।

१. बेन स्टोक्स (इंग्ल्यान्ड)

बेन स्टोक्स वर्तमान मात्र नभएर क्रिकेट इतिहासकै एक उत्कृष्ट अलराउन्डर फिनिसर हुन् भन्दा कुनै फरक नपर्ला । इंग्ल्यान्डलाई पहिलो पटक एक दिवसिय विश्वकप जित्दाका सुपर हिरो हुन् स्टोक्स । विश्वकप फाइनलमा न्युजिल्यान्डविरुद्ध अविजित ८४ रनको इनिङनै उनको उत्कृष्ट फिनिसरको उदारण हो । स्टोक्सले तीनै शैली (टेष्ट, एकदिवसिय र टि२०) निरन्तर उत्कृष्ट अलराउन्डर प्रर्दशन गर्दै आएका छन् ।

विश्वकप फाइनलमा उनकै उत्कृष्ट इनिङमा इंग्ल्यान्ड विश्व च्याम्पियन बनेको थियो । त्यसपछि एसेस सिरिजको तेस्रो खेलमा स्टोक्सले १ सय ३५ रनको अविजित इनिङ खेल्दै १ विकेटको जित दिलाएका थिए । स्टोक्सले आक्रामक ब्याटिङमा इंग्ल्यान्डको तल्लोक्रम ब्याटिङ सम्हाल्ने गर्दछन् ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.