5 years ago
April 16, 2020
एजेन्सी – विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण श्रीलंकामा आयोजना गर्ने श्रीलंका क्रिकेटले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सामु प्रस्ताव राखेको छ ।
चैत १६ देखि सुरु हुने प्रारम्भिक तालिका भनिएपनि कोरोना भाइरसको कारण आइपिएल वैशाख ३ सम्म सारेको थियो । तर भारत सरकारले लकडाउन वैशाख २१ सम्म लम्बाएपछि आइपिएल अनिश्चित समयका लागि स्थगित भएको हो । बिसिसिआईले अब नयाँ मितिबारे कुनै किसिमको सुचना सार्वजनिक गरेको छैन ।
यसबीचमा श्रीलंका क्रिकेटले आइपिएल श्रीलंकामा गर्न प्रस्ताव पेस गरेको बताएको छ । श्रीलंका क्रिकेटका अध्यक्ष शाम्मी सिल्भाले आइपिएल हुन नसके बिसिसिआईले धेरै घाटा हुने कारण श्रीलंकामा गर्ने प्रस्ताव राखिएको बताएका छन् । ‘ हामीले प्रस्ताव पेस गरेका छौं । अब बिसिसिआईले हाम्रो प्रस्ताव मान्छ भने विगतमा बाहिर भएझैं यसपटक श्रीलंकामा आइपिएल आयोजना गर्न सकिन्छ,’ सिल्भाले भने ।
यसअघि सन् २००९ मा दक्षिण अफ्रीकामा आइपिएलको पूरै सिजन आयोजना गरिएको थियो । त्यस्तै सन् २०१४ मा पनि केहि खेल संयुक्त अरब एमिरेट्समा खेलिएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले प्रतियोगिता हुनेमा शंका बढेको हो ।
भारतमा आजसम्म १२ हजार ४ सय ५६ कोरोना संक्रमित भेटिएका छन् भने १५ सय १३ जनाले ज्यान गुमाएका छन् । यता श्रीलंकामा भने २ सय ३८ जना संक्रमित भेटिदा ७ जनाको मृत्यु भएको छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]