default_image

5 years ago

April 15, 2020

खेलाडीसँग ६ महिनाको सम्झौता गर्ने क्यानको तयारी

148 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगको सम्झौता अवधि ६ महिना मात्र गराउने भएको छ । यसअघि एक वर्षको सम्झौता हुँदै आएकोमा अब हुने नविकरण ६ महिनाको हुनेछ ।

विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण क्यानको बैठक बस्न नपाउँदा उक्त निर्णय पारित हुन बाँकी छ । लकडाउनपछि क्यानको बैठक बसेपछि खेलाडीको सम्झौता ६ महिना हुने छ । क्यान उच्च स्रोतले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार महिला र पुरुष दुवै टोलीका खेलाडीको सम्झौता ६ महिना मात्रै हुने छ । जसले खेलाडीबीच कडा प्रतिस्पर्धा हुने आशा गरिएको छ ।

६ महिनाको सम्झौताले जिल्ला, प्रदेश हुँदै केन्द्रमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई बाटो खुल्ने छ । टोलीमा प्रतिस्पर्धा बढ्ने छ । पछिल्लो समय खेलाडीमा गैर जिम्मेवार प्रर्दशन देखिन थालेकोले क्यानले यस्तो कदम चालेको बुझिएको छ । ‘सबै पक्ष अध्ययन गर्दै ६ महिना अवधि राखेको हो’, स्रोतले भन्यो ।

‘यसअघि खेलाडी सम्झौंता १ वर्षको रहँदै आएको थियो । राष्ट्रका लागि खेलेपछि प्रर्दशन गर्नसक्नुपर्छ । जसले टोलीमा निरन्तर राम्रो प्रर्दशन गर्छ ग्रेडमा पनि बढुवा हुन्छ, नत्र भने नगर्ने घटुवा हुन्छ । अब नामले होइन टोलीमा टिक्न प्रर्दशन हुनुपर्छ’, क्यान स्रोतले भन्यो ।

पछिल्लो समय अघिकांश खेलाडीमा जिम्मेवार प्रर्दशन देखिँदैन । यो वर्ष नेपालले कमजोर टोलीसँग अप्रत्याशित हार बेहोर्दै टि२० विश्वकप र एसिया कप टि२० जस्ता ठुला अवसर गुमाउनुको प्रमुख कारण खेलाडीको गैर जिम्मेवार प्रर्दशन थियो । साउनमा आइसिसी एसिया टि२० छनोटबाट बाहिरिदा क्यानमा नयाँ नेतृत्व आएको थिएन ।

असोजमा नयाँ नेतृत्व आएपछि क्यानले खेलाडीको प्रर्दशनमा पनि निगरानी राखेको छ । चैत्रमा एसीसी इस्टन रिजन टि२० प्रतियोगितामा पनि खराब प्रर्दशन गर्दै बाहिरिएपछि क्यानले गम्भीर समिक्षा गर्ने बताएको थियो । तर कोरोना भाइरसको कारण प्रभावित बन्न पुग्यो ।

हाल खेलाडीको सम्झौंता १ वर्षको रहँदा २४ खेलाडीले ए, बी र सी ग्रेडको आधारमा पारिश्रमिक पाउँदै आएका छन् । जसमा ए, बी र सी ग्रेडका खेलाडीले पारिश्रमिक क्रमशः ३५, २५ र १५ हजार छ । पारिश्रमिक पनि बढ्ने तयारी रहेको छ ।

एक वर्षको सम्झौंता गर्दा वर्षमा थोरै खेल खेल्ने खेलाडीले पनि निरन्तर उक्त ग्रेडमा पारिश्रमिक पाउँदै आएका छन् । अर्कोतर्फ कमजोर प्रर्दशन गरेका खेलाडीले पनि एकै ग्रेडमा पारिश्रमिक पाएका छन् । जुन क्यान अन्त्य गर्न चाहान्छ । जसले प्रर्दशन गर्न सक्छ उक्त खेलाडी उचित ग्रेडमा हुनुपर्ने क्यानको योजना छ । विशेष त क्यान खेलाडीमा उच्च आन्तरिक प्रतिस्पर्धा गराउन चाहान्छ ।

क्यानले गत माघमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसिय सिरिजको क्रममा ए प्लस, ए, बी, सी गरि चार ग्रेडमा २४ खेलाडीलाई राख्न तीन सदस्य समिती गठन गरेको थियो । १८ महिला खेलाडीले ए,बी र सी ग्रेडमा प्रारिश्रमिक पाउँदै छन् । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक महिला टोलीले पारिश्रमिक पाउन लागेका हुन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.