default_image

5 years ago

April 14, 2020

कोहलीलाई पछि पार्न सक्ने ३ खेलाडी

112 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले लामो समय देखी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को ओडिआई वरीयतामा शीर्षस्थानमा रहँदै आएका छन् ।

सन् २०१८ मा बल टेम्परिङ काण्डका कारण अष्टेलियाका कप्तान स्टिभ स्मिथलाई १२ महिनाको प्रतिबन्ध लागेपछि कोहली केहि समय शीर्ष स्थानमा उक्लिएका थिए । तर स्मिथ प्रतिबन्धपछि फर्कंदै एसेज सिरिजमा उत्कृष्ट प्रर्दशनका साथ पुन: शीर्षस्थानमा उक्लिसकेका छन् । यता टि२० आई वरियतामा पाकिस्तानका युवा ब्याट्सम्यान तथा कप्तान बाबर आजमले शीर्ष स्थानमा राज गर्दै आएका छन् ।

न्युजिल्यान्ड भ्रमणमा विराटको प्रर्दशन कमजोर रहेको थियो । कोहलीको कमजोर प्रर्दशनमा भारतले न्युजिल्यान्डसँगको तीन ओडिआई सिरिजमा क्लिनस्वीप बेहोर्नु परेको थियो । अहिले विश्व क्रिकेट कोरोना भाइरस (कोभिड १९ ) को कारण ठप्प छ । कोरोना संक्रमणको अन्त्यपछि क्रिकेटमा पक्कै उतारचढाव रहनेछ । खेलाडीको प्रर्दशन तलमाथि हुने देखिन्छ । विराटलाई ओडिआई वरियतामा शीर्ष स्थानमा कायमै रहन चुनौती बढ्न थालेको छ । विराटलाई ओडीआई वरियतामा पछि पार्दै यी ३ खेलाडी शीर्ष स्थानमा उक्लिन सक्छन् ।

३. रस टेलर (न्युजिल्यान्ड)

न्युजिल्यान्डका सर्वाधिक सफल तथा अनुभवी ३६ वर्षिय ब्याट्सम्यान रस टेलर पछिल्लो समय राम्रो लयमा छन् । भारतलाई तीन खेलको ओडिआई सिरिजमा क्लिनस्वीप गराउन टेलरले सुरुवाती दुई खेलमा उत्कृष्ट अविजित प्रर्दशन गर्दै म्यान अफ द सिरिज चुनिएका थिए ।

हाल टेलर ओडिआई वरीयतामा चौथो स्थानमा छन् । टेलरको रेटिङ अंक ८ सय २८ रहँदा कोहलीको ८ सय ६९ छ । टेलर कोहली भन्दा ४१ रेटिङ अंकले पछि छन् । टेलरले यहि लयलाई निरन्तरता दिए र कोहली लयमा नफर्किएको खण्डमा शीर्ष स्थानमा उक्लिन सक्छन् ।

२. बाबर आजम (पाकिस्तान)

पाकिस्तानका २५ वर्षिय युवा ब्याट्सम्यान तथा कप्तान बाबर आजम क्लासिक ब्याटिङका लागि परिचित छन् । पाकिस्तानका प्रमुख ब्याट्सम्यान बाबर टि२० आई वरियतामा लामो समय देखी शीर्षस्थानमा रहँदा टेष्टमा पाँचौ स्थानमा छन् । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका बाबर ओडिआई वरियतामा तेस्रो स्थानमा छन् ।

बाबरले एकदिवसिय क्रिकेटमा विराटलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सक्ने बलियो सम्भावना छ । उनको रेटिङ अंक ८ सय २९ अंक छ । उनी विराट भन्दा ४० रेटिङ अंकले पछि छन् । बाबरले आगमी दुई तीन सिरिजमा उच्च प्रर्दशन गर्दै ठूलो इनिङ खेलेको खण्डमा कोहलीलाई पछि पार्दै शीर्षस्थानमा उक्लिन सक्छन् ।

१. रोहित शर्मा (भारत)

भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मा सिमित ओभरमा आधुनिक क्रिकेटमा सर्वाधिक सफल ओपनर हुन् । एकै खेलमा विशाल इनिङ खेल्ने रोहितले अव कोहलीलाई चाडैंनै पछिपार्दै शीर्ष स्थानमा उक्लिन सक्ने उच्च सम्भावना छ । ओडिआईमा तीन दोहोरो शतक प्रहार गरेका रोहित ओडीआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका रोहित ओडिआई वरियतामा ८ सय ५५ अंकका साथ दोस्रो स्थानमा छन् । रोहित विराट भन्दा मात्र १४ रेटिङ अंकले पछि छन् । रोहितले एक सिरिजमा उच्च प्रर्दशन गरे र विराटको प्रर्दशन खराब रहेमा शीर्ष स्थानमा उक्लिने बलियो सम्भावना छ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.