default_image

5 years ago

April 11, 2020

सन्दीपले तोड्न सक्ने ३ विश्व कीर्तिमान

134 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

लेग स्पिनर सन्दीप लामिछानले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो पहिचान बनाई सकेका छन् । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी एक दिवसिय यु१९ विश्वकपमा १४ विकेट लिँदै सनसनी मच्चाएका सन्दीप त्यसयता एकपछि अर्को छलाङ मार्दै पछि फर्केर हेरेका छैनन् ।

चार वर्षदेखि सिनियर टोलीबाट पहिलो रोजाईको स्पिनरका रुपमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नेपाललाई ऐतिहासिक एकदिवसिय मान्यता दिलाउन सन्दीपको प्रर्दशन महत्त्वपूर्ण थियो । आगमी दिनमा सन्दीपले अझ ठुलो प्रभाव जमाउन सक्छन् । सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिगदेखि विश्व चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

सन्दीपले सन् २०१८ मे मा आईसीसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिज विरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टि२० आईमा डेब्यु गर्ने पहिलो क्रिकेटर बने । लगातार चर्चाको शिखरमा रहेका युवा स्टार सन्दीपले आगमी दिनमा यी ३ विश्व कीर्तिमान तोड्न सक्ने सम्भावना देखिन्छ ।

टी२० आईमा सर्वाधिक मेडन

टि२० क्रिकेटमा मेडन राख्न कुनै पनि बलरलाई सहज हुँदैन । एक बल डट खादा अर्को बलमा रन जोड्नैपर्ने दबाब हुन्छ । टि२० आई इतिहासमा भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह सर्वाधिक मेडन राख्ने बलर हुन् । सन् २०१६ देखि भारतीय टोलीबाट खेल्दै आएका बुमराहले ५० टि२० आई खेलमा १७९.१ ओभर बलिङ गर्दै ११ सय ९५ रन खर्चेर ५९ विकेट लिएका छन् । जसमा ७ मेडन ओभर राखेका छन् । उनीपछि श्रीलंका नुवान कुलसेकराले ६ मेडन राखेका छन् ।

सन्दीपले २१ खेलमा ७६ ओभर बलिङ गर्दै ४ सय ९५ रन खर्चेर ३४ विकेट लिएका छन् । जसमा सन्दीपको ३ ओभर मेडन सामेल छ । अघिल्लो महिना सन्दीपले एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा थाईल्यान्डविरुद्ध ४ ओभरमा २ मेडन सहित ९ रन खर्चेर १ विकेट लिएका थिए । सन्दीप उमेरले १९ वर्ष छन् । जसले क्रिकेटमा लामो यात्रा गर्ने सम्भावना छ । जसको क्रममा टि२० आईमा सर्वाधिक मेडन राख्ने कीर्तिमान तोड्न सक्छन् ।

टि२० आईमा एकै वर्षमा सर्वाधिक विकेट

सन्दीप सन् २०१९ मा १६ खेलमा २८ विकेट लिदै एकै वर्षमा सर्वाधिक विकेट लिने बलरमा शीर्ष स्थानमा रहेका थिए । टि२० आई मा एकै वर्षमा सर्वाधिक विकेट लिने कीर्तिमान अष्ट्रेलियाका तीव्र गतिका बलर एन्ड्रयु टाईको नाममा छ । उनले २०१८ मा १९ खेलमा ३१ विकेट लिएका थिए । गतवर्ष सन्दीपले उक्त कीर्तिमान तोड्न मात्र ४ विकेटले पछि परे । जुन कीर्तिमान सन्दीपले आफ्नो लयलाई एकरुपता रुपमा प्रर्दशन गर्ने हो भने आगमी वर्षमा तोड्न सक्ने सम्भावना देखिन्छ ।

कम उमेरमा कप्तान

सन्दीप आगमी दिनमा नेपाली क्रिकेट टोलीका सम्भावित कप्तानका दाबेदार खेलाडी हुन् । नेपालले आगमी टि२० आई कुनै सिरिजमा ज्ञानेन्द्रलाई विश्राम लिदै सन्दीपलाई मौका दिन सक्छन् । आगमी एक वर्षमा यस्तो भएको खण्डमा टि२० आईमा सन्दीप कम उमेरमा कप्तानी गर्ने खेलाडी बन्न सक्छन् । सन्दीप हाल १९ वर्ष २ सय ४९ दिनका पुगेका छन् ।

टि२० आईमा सबैभन्दा कम उमेरमा कप्तानी गर्ने कीर्तिमान मलेसियाका युवा खेलाडी विरनदीप सिंहको नाममा छ । विरनदीपले २० वर्ष १ सय ९० दिनको उमेरमा भानुआतुविरुद्ध कप्तानी गर्दै यस्तो कीर्तिमान कायम गरेका थिए । अर्कोतर्फ ज्ञानेन्द्रको कप्तानीमा नेपालको प्रर्दशन राम्रो छैन । त्यसैले पनि कमजोर टोलीविरुद्ध युवा खेलाडीलाई कप्तानी दिन सक्ने सम्भावना रहन्छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.