default_image

5 years ago

April 10, 2020

स्टोक्सले तोडे कोहलीको दबदबा

102 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स विश्वमै प्रतिष्ठित क्रिकेटको म्यागजिन विज्डेनको द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका छन् ।

सन् २०१९ को प्रर्दशनको आधारमा स्टोक्स द लिडिङ क्रिकेटर इन द वर्ल्ड २०१९ घोषित भएका हुन् । स्टोक्सले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको तीन वर्षको दबदबा तोड्दै उक्त उपाधि पाएका हुन् । यसअघि विराट सन् २०१६ देखि लगातार तीन वर्षसम्म समावेश भएका थिए ।

इंग्ल्यान्डलाई पहिलो पटक एकदिवसिय विश्वकपको उपाधि दिलाउन स्टोक्सले फाइनलमा न्युजिल्यान्डविरुद्ध ८४ रनमा अविजित रहँदै खेल सुपर ओभरमा पुर्याएका थिए । स्टोक्सले एसेज सिरिजमा अष्ट्रेलियासँग हेडिंगले टेस्टमा नटआउट १ सय ३५ रन बनाउँदै अप्रत्याशित १ विकेटको जित दिलाएका थिए ।

स्टोक्स यस सुचिमा अट्ने दोस्रो इंग्ल्यान्डका खेलाडी हुन् । सन् २००३ देखि सुरु भएको यस सुचिमा सन् २००५ मा इंग्ल्यान्डका एन्ड्रयु फ्लिन्टफ समावेश थिए । अष्ट्रेलियाकी अलराउन्डर एलिस पेरी द लिडिङ वुमन्स क्रिकेटर इन द वर्ल्ड २०१९ चुनिएकी छिन् । उनले दोस्रो पटक यस उपलब्धि हासिल गरेकी हुन् । यसअघि सन् २०१६ मा पनि पेरी अटेकी थिइन् । सन् २०१८ मा भारतीय ओपनर स्मृति मंधाना घोषित भएकी थिइन् ।

वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल लिडिङ टि२० क्रिकेटर इन द वर्ल्ड २०१९ को सुचिमा अटेका छन् । रसेलले टि२० मा २०१९ मा १ हजार ८० रन बनाएका थिए । जसमा स्ट्राइकरेट १८२.१२ रहँदा ४३ विकेट पनि लिएका थिए ।

यस्तै इंग्ल्यान्डका तीब्र गतिका बलर जोफ्रा आर्चर, अष्ट्रेलिया प्याट कमिन्स, युवा ब्याट्सम्यान मार्नस लाबुसेन, दक्षिण अफ्रिका साइमन हार्मर, र ऐलिस पेरी विज्डेनको क्रिकेटर अफ द इयर सुचिमा अटेका छन् । क्रिकेटर अफ द इयर हरेक खेलाडी करिअरमा एकपटक मात्र समावेश हुने प्रावधान छ ‌।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.