5 years ago
April 10, 2020
एजेन्सी – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) रोकथामको लागि धेरै देशले लकडाउन लगाएका छन् ।
लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न देशले आ आफ्नो हिसाबमा कारबाही गर्दै आएका छन् । त्यस्तै भारतीय अलराउन्डर ऋषि धवन पनि लकडाउन उल्लङ्घन गर्दा कारबाहीमा परेका छन् । विहीबार लकडाउन उल्लङ्घन गर्दै मन्डीमा कार चलाएपछि ऋषि धवनलाई हिमाचल प्रदेशले पाँच सय भारतीय रुपैयाँ जरिवाना लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
धवनले पुलिसको अनुमति विना विहीबार मन्डी शहरमा विहान १० बजे देेखि १ बजे सम्म कार चलाएका थिए । ३० वर्षिय ऋषि धवनले ३ ओडिआई र १ टि२० आई खेलेका छन् । हिमाचल प्रदेशबाट घरेलु क्रिकेट खेल्ने धवनले किंग्स इलेभेन पञ्जाव र मुम्बई इन्डियन्सबाट आइपिएल खेलिसकेका छन् ।
उनले भारतबाट सन् २०१६ मा अष्ट्रेलियासँग तीन ओडीआई र जिम्बावेविरुद्ध टि२० आईमा खेलेका थिए । धवनले यस अघि मार्च ३० मा १ लाख भारतीय रुपैयाँ कोरोना विरुद्धको लडाइको लागि सहयोग गरेका थिए ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]