5 years ago
April 8, 2020
एजेन्सी – इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बटलरले गतवर्ष भएको एकदिवसिय विश्वकप फाइनलमा लगाएको जर्सी मोटो रकममा लिलामी भएको छ ।
विश्वभर महामरीको रुप लिएको कोरोना भारइस विरुद्ध सहयोगको लागि बटलरले आफुले विश्वकप जित्दा न्युजिल्यान्डविरुद्ध फाइनलमा लगाएको जर्सी नै सार्वजनिक लिलामीमा राखेका थिए । मंगलबार सम्मको म्याद रहेको उक्त लिलामीमा ८२ जनाको बोली लाग्दै ६५ हजार १ सय पाउण्डमा (झन्डै ९८ लाख नेपाली रुपैयाँ) बिक्री भएको हो । उक्त जर्सीमा इंग्ल्यान्डले विश्वकप जित्दा टोलीमा रहेका सबै खेलाडी र प्रशिक्षकको हस्ताक्षर रहेको छ ।
२०१९ जुलाईमा भएको एकदिवसिय फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा समेत स्कोर बराबर हुँदा बाउन्ड्री गन्तिको आधारमा हराउँदै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको थियो । विश्वकप फाइनलमा बटलरले ६० बलमा ६ चौका सहित महत्त्वपूर्ण ५९ रन बनाउनुको साथै सुपर ओभरमा ३ बलमा ७ रन जोडेका थिए ।
न्युजिल्यान्डलाई जितको लागि सुपर ओभरको अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा विकेटकिपर बटलरले जोसन रोयको थ्रो बलमा मार्टिन गुप्टिललाई उत्कृष्ट रन आउट गराउँदै पहिलो पटक एक दिवसिय विश्वकप उपाधि पक्का गरेका थिए ।
बटलरले उक्त रकम च्यारिटीमार्फत रोयल ब्राम्प्टन र हेयरफिल्ड अस्पताललाई सहयोग गर्ने छन् । कोरोना भाइरसको कारण विश्वमा हालसम्म १४ लाख ४१ हजार भन्दा बढी संक्रमित भएका छन् भने ८२ हजार ९ सय ९२ जनाको मृत्यु भई सकेको छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]