default_image

5 years ago

April 6, 2020

विश्व क्रिकेटका पाँच अनौठा बलिङ एक्सन

150 views

0 Bookmark

एजेन्सी – क्रिकेटलाई धेरै जसोले ब्याट्सम्यानको खेल भनेर भन्ने गर्दछन् । टि२० क्रिकेटको आगमनले धेरैले बलिङको महत्त्व घट्ने बताएका थिए ।

टि२०ले ब्याटिङको स्तरलाई विश्व क्रिकेटमा अझ नयाँ स्तरमा पुर्यायो । बलिङ पनि विकास हुँदै गयो । बलिङमा पनि नयाँ नयाँ शैली र प्रतिभा देखिदै गए । स्पिनर, मध्य र तीब्र गतिका बलर प्रायको एक्सन एकै किसिमको हुन्छ । बलिङ गर्दा केहि सामान्य नियम सबैले पालना गर्नुपर्छ ।

क्रिकेट इतिहासमा केहि अनौठा र आश्चर्यजनक बलिङ एक्सन पनि देखा परे । आफैंले झिकेको एक्सनका बलर तुलनात्मक रुपमा धेरै सफल भएका छन् । त्यहि एक्सनले ती बलरहरु आफ्नो विश्व क्रिकेटमा भिन्न पहिचान बनाइदिएको छ । क्रिकेट इतिहासमा ५ अनौठा आश्चर्यजनक बलिङ एक्सन बारे जानकारी ।

१. पल एडम्स (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका स्पिनर पल एडम्सले अन्य बलरले भन्दा भिन्न खालको एक्सन निकालेका थिए । ४३ वर्षिय एडम्सले बलिङ गर्दा लिने रन अप र गर्ने शैलीले १९९० को दशकपछि निकै चर्चा पायो । एउटा खुट्टा उचाल्दै त कहिले आकाशतर्फ हेर्दै गर्ने उनको बलिङ शैली निकै अचम्म किसिमको छ । उनले दक्षिण अफ्रिकाबाट ४५ टेष्ट र २४ ओडीआई खेलेका छन् ।

टेष्टमा १ सय ३४ र ओडीआईमा २९ विकेट लिएका छन् । उनले १९९५ मा टेष्ट र १९९६ मा एक दिवसियमा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध सन् २००४ मा उनले अन्तिम खेल खेलेका थिए । उनको एक्सन देखेर प्रशिक्षक पनि सुरुवाती समय अचम्ममा परेका थिए । उनी आफ्नो एक्सनमा निकै सहज रुपमा बलिङ गर्छन् । उनको एक्सन केहि युवा खेलाडीमा पनि पाउन सकिन्छ ।

२. लासिथ मलिङ्गा (श्रीलंका)

श्रीलंका तीब्र गतिका बलर लासिथ मलिङ्गा डेढ दशक भन्दा बढी समय देखी ब्याट्सम्यानलाई टाउको दुखाई बन्दै आएका छन् । टि२० आईमा श्रीलंका कप्तान समेत रहेका मलिङ्गाले आफ्नो उत्कृष्ट कप्तानी प्रर्दशनमा सन् २०१४ मा टि२० विश्वकप उपाधि जिताएका थिए ।

आधुनिक क्रिकेटका उत्कृष्ट बलर मध्य एक मलिङ्गा ३६ वर्षका पुगेका छन् । उनको एक्सनमा भने उस्तै छ ।
योर्कर किङ मलिङ्गाले घुमाउने हातको एक्सन निकै अनौठो किसिमको छ । सन् २००४ मा अष्ट्रेलियाविरुद्ध मलिङ्गाले टेष्टमा डेब्यु गरेका थिए । २००४ मै युएईविरुद्ध एक दिवसिय र २००६ मा टि२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यु गरे । मलिङ्गाले टेष्ट र एक दिवसिय क्रिकेटबाट भने सन्न्यास लिएका छन् ।

सन् २०१९ मा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकपमा पनि उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । तीब्र गतिसँगै उनले फ्याँक्ने हातको एक्सन अन्य तीब्र गतिका बलर भन्दा बेग्लै छ । जसको कारण पछिल्लो डेढ दशक देखी विश्व क्रिकेटमा राज गर्दै आएका छन् । मलिङ्गाले २ सय २६ एक दिवसिय खेलमा ३ सय ३८ विकेट लिएका छन् भने ८४ टि२० आईमा १ सय ७ विकेट लिएका छन् ।

३. जस्प्रित बुमराह (भारत)

भारतीय तीब्र गतिका बलर जस्प्रित बुमराहले छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो भिन्न पहिचान बनाएका छन् । सन् २०१६ मा भारतको राष्ट्रिय टोलीमा डेब्यु गरेका बुमराह आधुनिक क्रिकेटका उत्कृष्ट डेर्थ ओभर स्पेलिष्ट योर्कर बलर हुन् । बुमराह हरेक ब्याट्सम्यानलाई टाउको दुखाईका बन्ने गर्दछन् ।

बुमराहले कमै मात्रमा चुटिने गर्दछन् । उनले बलिङ गर्दा घुमाउने हातको एक्सन निकै अनौठो छ । जसले उनलाई चर्चामा मात्र लिएन आधुनिक क्रिकेटमा सर्वाधिक सफल तीब्र गतिका बलर समेत बनायो । बुमराहले लिने लामो रन अप र घुमाउने हात निकै अनौंठो देख्न पाइन्छ । उनले स्टम्पिङ उडाउने गर्दछन् । उनी मलिङ्गा जस्तै योर्करको लागि सिपालु छन् । तर मलिङ्गाले भन्दा योर्करको बेला कम स्वो बल फाल्ने गर्दछन् ।

बुमराहले ब्याट्सम्यानलाई डट बल राख्दै दबाब राख्ने गर्दछन् । बुमराह आधुनिक क्रिकेटमा डेथ ओभरका नम्वर वान बलर मानिन्छन् । बुमराहले सन् २०१६ मा अष्ट्रेलियाविरुद्ध ओडीआई र टि२० आईमा डेब्यु गरेका थिए । ६४ ओडीआईमा १ सय ४, १४ टेष्टमा ६८ र ५० टि२० आईमा ५९ विकेट लिएका छन् ।

४. सोहेल तनवीर (पाकिस्तान)

पाकिस्तानलाई तीब्र गतिका बलरको कारखाना भन्दा कुनै फरक नपर्ला । तीब्र गतिका बलर सोहेल तनवीरले पाकिस्तानको टोलीमा नियमीत स्थान बनाउन नसकेपनि घरेलु र फ्रेन्चाइज लिगमा भने आफ्नो प्रभाव जमाउँदै आएका छन् । ३५ वर्षिय बायाँ हाते तनवीरको एक्सन पनि अनौंठो किसिमको छ ।

सन् २००७ मा पाकिस्तानको टोलीमा डेब्यु गरेका तनवीर सन् २०१७ यता टोलीमा छैनन् । तनवीरले २ टेष्ट, ६२ एक दिवसिय र ५७ टि२० आई खेलेका छन् । तनवीर बलिङ गर्नुअघि लामो रनअप लिदैं दुइ पटक हात घुमाएर बल फ्याँक्ने गर्दछन् । तनवीरले पछिल्लो समय वेस्ट इन्डिजसँग २०१७ अप्रिलमा टि२० खेलेका थिए ।

युवा बलरलाई हेर्दा अव उनको पाकिस्तानको टोलीमा पुनरागमनको सम्भावना निकै कम छ । तर उनको अनौठो बलिङ एक्सन भने फ्रेन्चाइज लिगमा अझै केहि समय देख्न पाइने छ ।

५. ममोलोकी मुकेत्सी (वोत्सवाना)

वोत्सवाना विश्व क्रिकेटमा उदाउँदो देश हो । वोत्सवानाका युवा स्पिनर ममोलोकी मुकेत्सी बलिङ एक्सन २०१८ आईसिसीले सेयर गरेको थियो । आइसिसी टि२० विश्वकप अफ्रिका रिजन क्वालिफायर सी को क्रममा उनको एक्सनले चर्चा पाएको थियो ।

तीन स्टेप रन अप लिएर अचम्म तरिकाले स्पिन बलिङ गर्ने गर्दछन् । २३ वर्षिय युवा स्पिनर उनले ७ टि२० आईमा ६ विकेट लिएका छन् । उनको सबैभन्दा अनौठो पक्ष भनेको लिने निकै छोटो रन अपनै हो ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.