5 years ago
April 6, 2020
एजेन्सी – ब्याटिङका लागि मैदान प्रवेश गर्नु अघि ब्याट्सम्यान शतक वा टोलीलाई जिताउने इनिङ खेल्दै फर्किने सोच हुन्छ । तर त्यो सपनालाई यथार्थमा बदल्न क्रिजमा रहेर निकै मिहिनेत गर्नुपर्छ ।
खेलमा शतकले विशेष प्रभाव र महत्त्व राख्छ । शतक नजिक पुगेर आउट हुने खेलाडी धेरै हुन्छन् । धेरै खेलाडी राम्रो सुरुवात गरेपनि ठुलो इनिङमा बदल्न सक्दैनन् । खेलाडीमा नर्भस नाइन्टिज (ब्याट्सम्यान ९० रनमा पुगेपछि नर्भस हुने अवस्था) को शिकारको हुन्छन् ।
क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान सचिन तेन्दुलकर देखि आधुनिक क्रिकेटका विराट कोहली सम्मका खेलाडी थुप्रै पटक शतक नजिक पुगेर आउट भएका । एक दिवसिय खेलमा ३० खेलाडी ९९ रनमा आउट भएका छन् । त्यसै मध्यका १० स्टार खेलाडी यस प्रकार छन् ।
१. सचिन तेन्दुलकर (भारत)
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्दुलकर एक दिवसिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । एकदिवसियमा सर्वाधिक शतक बनाउने देखि विश्व क्रिकेटमा खेलाडीको रुपमा बनेका अधिकांश कीर्तिमान सचिनको नाममा छ । तर यसक्रममा सचिन ९९ रनमा ३ पटक आउट भएका छन् ।
सचिन पहिलो पटक २००७ जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध ९९ रनमा आउट भएका थिए । ४६ औं ओभरको तेस्रो बलमा रन आउट हुँदा शतक बनाउन १ रनले चुक्न पुगेका थिए । सचिन त्यसैवर्ष अगष्टमा इंग्ल्यान्डसँग पनि ९९ रनमा आउट भए । सचिनलाई ३२ औं ओभरको तेस्रो बलमा एन्ड्रयु फ्लिन्टफले विकेटकिपर म्याट प्रायरबाट क्याच आउट गराएका थिए । सचिन नोभेम्बरमा पाकिस्तानविरुद्ध पनि ९९ रनमै आउट भएका थिए ।
२. सनथ जयसूर्या (श्रीलंका)
श्रीलंका पुर्व कप्तान सनथ जयसूर्या सन् २००१ मा भारत विरुद्ध ९९ रनमा आउट भएका थिए । १ सय २ बलमा ११ चौका सहित ९९ रनमा क्याच आउट हुन पुगेका थिए । उक्त खेलमा जयसूर्यालाई विरेन्द्र सहवागले सौरभ गांगुलीबाट क्याच आउट गराएका थिए ।
३. क्रिस गेल (वेस्ट इन्डिज)
वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल पनि शतक बनाउन सन् २००४ सेप्टेम्बरमा बंगलादेशविरुद्ध १ रनले चुकेका थिए । गेललाई तपश बैश्यले विकेटकिपर खालिद मसुदबाट ९९ रनमा क्याच आउट गराएका थिए ।
४. राहुल द्रविड (भारत)
भारतीय क्रिकेट टोलीका पुर्व विकेटकिपर राहुल द्रविड सन् २००४ मा पाकिस्तानविरुद्ध शतक बनाउन चुकेका थिए । १ सय ३ बलमा ८ चौका सहित ९९ रन बनाएका द्रबिडलाई तीब्र गतिका बलर सोएब अख्तरले बोल्ड आउट गरेका थिए ।
५. विराट कोहली (भारत)
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली २०१३ मा वेस्ट इन्डिजविरुद्ध ९९ रनमा आउट भएका थिए । ९९ बलमा ९ चौका प्रहार गरेका कोहलीलाई रवि रामपलले जेसन होल्डरबाट क्याच गराएपछि कोहली शतक बनाउन चुके ।
६. एबी डी भिलियर्स (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिका पुर्व कप्तान एबी डी भिलियर्स २०१५ को विश्वकपमा युएईविरुद्ध ९९ रनमा आउट भएका थिए । ८१ बलमा ६ चौका र ४ छक्का सहित शतकको संघारमा पुगेका डी भिलियर्सलाई कमरन सहजाद अम्जद जावेदबाट क्याच गराए ।
७. रोहित शर्मा (भारत)
भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मा सन् २०१६ मा अष्ट्रेलियाविरुद्ध ९९ रनमा आउट हुन पुगेका थिए । रोहितलाई जोन हस्टिङ्सले विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराएपछि १ सय ८ बलमा ९ चौका र १ छक्का सहित पेभिलिएन फर्केका थिए ।
८. एडम गिलक्रिष्ट (अष्ट्रेलिया)
अष्ट्रेलियाका पुर्व ओपनर तथा विकेटकिपर एडम गिलक्रिष्ट २००३ मा श्रीलंकाविरुद्ध रन आउटको शिकार बनेपछि शतक बनाउन १ रनले चुकेका थिए । गिलक्रिष्ट ८८ बलमा १४ चौका र २ छक्का सहित ९९ रनमा खेलेको अवस्थामा चामिन्डा भासले रन आउट गराए ।
९. जस बटलर (इंग्ल्यान्ड)
इंग्ल्यान्डका आक्रामक विकेटकिपर जस बटलर २०१४ मा वेस्ट इन्डिजविरुद्ध ९९ रनमा आउट भएका थिए । रवि रामपलले कट एण्ड बोल्ड आउट गरेपछि बटलर ८४ बलमा ७ चौका र ४ छक्का सहित ९९ रनमा पेभिलिएन फर्केका थिए ।
१०.ओइन मोर्गन (आयरल्यान्ड )
इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले सन् २००६ मा आयरल्यान्डबाट खेल्नेक्रममा स्कटल्यान्डविरुद्ध डेब्यु खेलमा ९९ रनमा आउट भएका थिए । १ सय ३४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ९९ रनमा मोर्गन रन आउट भएका थिए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]