5 years ago
April 5, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आफ्नो करिअरको उत्कृष्ट प्रशिक्षक अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङ रहेको बताएका छन् ।
इंग्ल्यान्डका पूर्व खेलाडी केभिन पिटरसनसँग सामाजिक सञ्जाल इन्स्टाग्राममा कुराकानीको क्रममा रोहितले अष्ट्रेलियाका पुर्व कप्तान पोन्टिङलाई आफ्नो करिअरको उत्कृष्ट प्रशिक्षक बताएका हुन् । सन् २०१३ मा पोन्टिङले खेलाडी रहँदै गर्दा मुम्बई इन्डियन्सको कप्तानी बीचमा छोड्दै रोहितलाई कप्तानमा नियुक्त गरेका थिए । रोहितले पहिलो कप्तानीमै फाइनलमा चेन्नई सुपर किंग्सलाई २३ रनले हराउँदै मुम्बईलाई पहिलो उपाधि दिलाए ।
‘कुनै एक प्रशिक्षकको नाम बताउन मुश्किल छ । तर म सबैभन्दा बढी प्रभावित रिकी पोन्टिङबाट भए । जसरी उनले २०१३ आइपिएल बीच सिजनै कप्तानी छोडेर मलाई जिम्मेवारी दिए । त्यसपछि उनले एक प्रशिक्षकको रुपमा सबैकुरा सानदार तरिकाले सम्हाले र सिकाए’, रोहितले भने ।
‘कप्तानी छोडेपछि पोन्टिङ सपोर्ट स्टाफको रुपमा मुम्बई इन्डियन्ससँग जोडिरहे । जसको दौरानमा उनले युवा खेलाडीलाई सानदार तरिकाले मार्गदर्शन गरेका थिए । मलैले पनि उनीसँग धेरै कुरा सिक्न पाएँ । उनीसँग अरुभन्दा निकै फरक खेल योजना हुन्छ’, रोहितले भने ।
रोहितको कप्तानीमा मुम्बईले ४ पटक (२०१३, २०१५, २०१७ र २०१९) मा आइपिएल उपाधि जिती सकेको छ । पोन्टिङ २०१४ देखी १६ सम्म मुम्बईको प्रशिक्षक थिए । सन् २०१८ देखि पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक समालि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पोन्टिङ सर्वाधिक सफल कप्तान मानिन्छन् । नेपाली स्पिनर सन्दीप लामिछानेले आईपिएलमा अवसर पाउनुलाई पनि माइकल क्लार्क र पोन्टिङको सुमधुर सम्बन्धसँग जोडिन्छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]