default_image

5 years ago

March 30, 2020

सिप्यान अवार्डको पुरस्कार रकम कोभिड १९ रोकथाम कोषमा दिइने

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण एनसिसिएस सिप्यान क्रिकेट अवार्ड रद्द भएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण स्थगित गर्नुका साथै अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा प्रदान गर्ने जानकारी गराएको छ ।

सिप्यानले विभिन्न ५ विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो । ५ विधामा दिने रुकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिइने जनाएको छ । उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरिएको थियो ।

शिक्षा क्षेत्रमा समर्पित संस्था एसिसिएस ग्रुपको मुख्य प्रायोजन रहेको अवार्डको अब अर्को संस्करण सन् २०२१ मा आयोजना गर्नेपनि सिप्यानले उल्लेख गरेको छ । कोरोना भाइरसकै कारण सिप्यानले चैत २१ गतेका लागि आयोजना गर्ने भनिएको अवार्ड स्थागित गरेको थियो ।

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ लाख भन्दा बढी संक्रमित भइसकेको छन् । नेपालमा पनि ५ जनामा कोरोना भाइरसको संक्रमण दिएको छ । त्यसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् भने ४ जना उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

Success

Thank you for your time.