5 years ago
March 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरका ग्राउन्ड स्टाफ जयबहादुर तामाङ (सेते) दाईको निधन भएको छ । मृगौला रोगबाट पीडित ५३ वर्षे तामाङको वीर अस्पतालबाट ललितपुरको लेलेस्थित घर लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रीमती निरमायाले जानकारी दिइन ।
डाक्टरहरुले निको हुन कठिन हुन्छ घर लैजान चाहनुहुन्छ भने लानुस भन्नुभएपछि घर लाने क्रममा राती ९ः०० बजे सुनकोठी पुग्दा मृत्यु भएको उनले बताइन । निर्मायाका अनुसार आजैबाट उनको अन्तिम संस्कार सुरु हुनेछ । झन्डै डेढ देशकदेखि नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउन्ड्सम्यान तामाङका दुवै मृगौला खराबी देखिएपछि फागुन २८ गते देखि वीर अस्पतालमा उपचार गराइरहेका थिए ।
अस्पतालले मिर्गौला खराबी सुरुवाती चरणमा रहेकोले काम गर्न सक्ने र त्यसो नभएको खण्डमा प्रत्यारोपण गर्नुपर्ने बताएपनि त्यसो हुन नसक्दै उनको निधन भएको हो । कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारको लागि क्रिकेट प्लेयर्स एसोसिएसन अफ नेपाल (सिप्यान) र नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले उनको उपचारर्थ सहयोग अभियान चलाउदै संकलित रकम उनको परविारलाई हस्तान्तरण गरेको थियो ।
सिप्यानले १ लाख ३३ हजार तथा एनसिएसएसले ५० हजार रुपैयाँ हस्तान्तरण गरिसकेको थियो । एनसिएसएसले बाँकी संकलित रहम छिट्टै हस्तान्तरण गर्ने तयारी गरेको थियो ।फागुन २३ गते राती टियू मैदानमा सुतिरहेको अवस्थामा राति १ बजे पिसाब रोकिएपछि उनलाई मैदानका अन्य कर्मचारीले राती नै सानेपास्थित स्टार अस्पताल र्पुयाएका थिए ।
तर, पछि पुनः समस्या दोहोरिएपछि उनीलाई वीरमा भर्ना गरिएको थियो । वीरमा पुगेपछि उनको दुवै मिर्गौला खराब रहेको थाहा भएको थियो । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टियू क्रिकेट मैदानको हेरचाह गर्दै आएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]