default_image

5 years ago

March 28, 2020

विश्व क्रिकेटमा नेपालका ११ कीर्तिमान

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रर्दशनमा उतार चढाब रहँदै आएको छ । नेपालले समय समयमा अविश्वसनिय जित निकाल्नुको साथै त्यस्तै हार बेहोर्ने पनि गर्दछ । पुरुष टोलीले सन् १९९६ र महिला टोलीले २००७ देखी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेका हुन् ।

पुरुष टोली डिभिजन क्रिकेट हुँदै, टि२० विश्वकप सहित ओडीआई मान्यता जस्ता सफलता हात पार्दा महिला टोलीले खासै ठुलो फड्को मार्न सकेका छैनन् । महिला टोलीलाई अन्तर्राष्ट्रिय खेल चाडपर्व जस्तै हुन् । कहिले हुन्छ खेलाडीलाई नै थाहा हुँदैन । पुरुष टोली भने ओडीआई मान्यताको कारण निकै ब्यस्त छ । नेपाली क्रिकेट टोलीको खराब प्रर्दशनको कारण निरासा बढ्दै गएको छ ।

महिला र पुरुष टोलीले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै विश्व कीर्तिमान कायम गरेका छन् । धेरै खेलाडी र कम टोलीको नाममा छ । केहि यस्ता कीर्तिमान छन् जुन सुन्दा विश्वास नलाग्न सक्छ । ती तोडिने सम्भावना पनि देखिदैन । नेपालले अन्तर्राष्ट्रिय स्तरमा बनाएका ११ कीर्तिमान यस प्रकार छन् ।

११. दुई बलमा जित

११ रनको लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै विश्व कीर्तिमान कायम गर्यो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि नेपाल २ बलमै जितेको थियो । ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले समान १–१ बलमा ३–३ रनमा नटआउट रहेका थिए । यो कीर्तिमान पुन तोडिन लगभग असम्भव देखिन्छ ।

१०. महबुवको एकै खेलमा १० विकेट

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिगमा मोजाम्बिकबीरुद्ध तीब्र गतिका बलर महबुव आलमले यस कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका थिए । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । २ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको मोजाम्बिक १४.५ ओभरमा १९ रनमा अल आउट गरेको थियो ।

महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिएदै विश्व कीर्तिमान कायम गरे । ५ ब्याटम्यान बोल्ड, ४ एलबीडब्लू र १ क्याच आउट गराएका थिए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम लेखाएका थिए । मोजाम्बिकका दुई ब्याट्सम्यानले मात्र खाता खोलेका थिए।

९.  सोमपालको १० औं नम्बरमा ४० रन

सन् २०१४ मा तीब्र गतिका बलर सोमपाल कामीले हङकङविरुद्ध यस कीर्तिमान कायम गरेका थिए । श्रीलंकामा नेपाल र हङकङबीच टी–२० सिरिज भएको थियो । चौथो खेलमा हङकङविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपाल १२।५ ओभरमा नेपाल २५–८ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यस वर्षदेखि नै राष्ट्रिय टिममा देखा परेका सोमपाल कामीले उक्त खेलमा चमत्कारपूर्ण ब्याटिङ गरे । सोमपाल क्रिजमा आउनु अघि शक्ति १० बलको सामना गर्दा खाता खोल्न सकेका थिएनन् । सोमपालले शक्तिसँग मिलेर १८.५ ओभरसम्म ४३ रनको साझेदारी गर्दै स्कोर ६८-८ को अवस्थामा पुर्याए । सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएको अवस्थामा १९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे । सोमपाल आउट हुँदा उनको नाममा विश्व कीर्तिमान कायम भएको थियो । टि२० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपाल पहिलो खेलाडी बने ।

८. रुविनाको एकै ओभरमा ५ विकेट

कप्तान रुविना क्षेत्रीले सन् २००९ मा मलेसियामा एसीसी महिला टि२० च्याम्पियनसिप अन्तर्गत सिंगापुरविरुद्ध यस कीर्तिमान कायम गरेकी थिइन् । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाली महिला टोलीले ९ विकेटको क्षतिमा ७९ रन बनाए । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । तीब्र गतिकी बलर रुविनाले उत्कृष्ट प्रर्दशन गर्दै नेपालको हार टार्नेक्रममा कीर्तिमान कायम गरेकी थिइन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिएपछि हारको मुखमा पुगेको नेपालले बराबरीमा सकाएको थियो । रुविनाले दोस्रो, तेस्रो, चौथो, पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् ।

७. विश्वकपमा नो वाइड

नेपाली क्रिकेट जगतमा सबैभन्दा ठूलो सफलता सन् २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकप खेल्नु हो । त्यसयता नेपालले दुई विश्वकप गुमाई सकेको छ । नेपाली टोलीको बलिङ पक्ष सधैं बलियो हतियार मानिन्छ । विश्वकपमा पनि नेपालीले बलरले त्यसलाई प्रमाणित गरे । पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गरेको थियो ।

हङकङलाई ६९ रनमा अल आउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर वाइडमा रन भने दिएन । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै विश्व क्रिकेट जगतमा पुन एक पटक तहल्का पिट्यो । उक्त खेललमा पनि वाइडको रुपमा कुनै रन दिएन । जुन एउटा विश्व कीर्तिमान बन्यो ।

६. कम उमेरमा ओडीआईमा अर्ध शतक

युवा खेलाडी रोहित कुमार पौडेल ओडीआईमा सर्वाधिक कम उमेरमा अर्ध शतक पुरा गर्ने विश्वका कान्छा खेलाडीको कीर्तिमान गत वर्ष युएईविरुद्ध कायम गरेका थिए । तर उक्त कीर्तिमान बायाँ हाते युवा ब्याट्सम्यान कुशल मल्लले तोडेका छन् । रोहितले यूएईसँगको दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै यस कीर्तिमान कायम गरेका थिए । जुन बेला रोहित १६ वर्ष १ सय ४६ दिनका थिए ।

त्यसअघि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने रेकर्ड पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकर नाममा थियो । तर यस कीर्तिमान कुशलले दुई महिना अघि घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्ध शतक प्रहार गर्दै रोहितको कीर्तिमान तोडेका थिए । संयोगनै मान्नुपर्छ त्यस खेलमा कुशलले रोहितको स्थान लिएका थिए ।

ओमानसँगको खेलमा रोहित डग आउट भएपछि उनको स्थानमा कुशलले मौका पाएका थिए । उक्त खेलमा कुशलले ५१ ब्लमा ३ छक्का र ४ चौका सहित ५० रन जोड्दै उक्त कीर्तिमान तोडेका थिए । कुशल उक्त खेलमा अर्ध शतक प्रहार गर्दा १५ वर्ष ३ सय ४० दिनका थिए ।

५. सन्दीपको टी२० आईमा अर्धशतक

युवा ब्याट्सम्यान सन्दीप जोरा टि२० आईमा अर्ध शतक प्रहार गर्ने विश्वका कान्छा खेलाडी हुन् । जोराले गत वर्ष यूएईसँगको तीन टि२० सिरिज अन्तर्गत पहिलो खेलमा डेब्यु गर्दै ५३ रन जोड्दै कीर्तिमान कायम गरेका थिए । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् । सन्दीपले ४६ बलमा ३ चौका र १ छक्का सहित ५३ रनको योगदान दिएपनि नेपाल २१ रनले पराजित भएको थियो ।

४. पारसको टि२० मा शतक

नेपाली क्रिकेटका वान म्यान आर्मी अर्थात एकल योद्धा पारस खड्का टी ट्वान्टी आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान हुन् । पारसले यस कीर्तिमान गत सेप्टेम्बरमा जिम्वावे र सिंगापुरसँगको त्रिकोणात्मक सिरिजमा कायम गरेका थिए । पारसले सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याउँने क्रममा ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान बने ।

३. अञ्जलीको ६ विकेट

स्पिनर अञ्जली चन्दले पुषमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध अविश्वसनिय कीर्तिमान कायम गरेकी थिइन् । अञ्जलीले टि ट्वान्टी आईको डेब्यू खेलमै माल्दिभ्सविरुद्ध २ ओभरमा कुनै रन नदिइ ६ विकेट लिएपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो ।

अन्जलीले ४ ब्याट्सवुमेनलाई क्याच र २ लाई बोल्ड आउट गरेकी थिइन् । अञ्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । जुन प्रर्दशन टि ट्वान्टी आइ पुरुष र महिला दुबैकै सर्वोउत्कृष्ट प्रर्दशन हो ।

२. ओडीआई विपक्षीलाई कम रनमा अल आउट

नेपालले आइसिसि विश्वकप लिग २ अन्तर्गत अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गर्दै विपक्ष्यलाई ओडीआईमा कम योगफलमा अल आउट गर्ने कीर्तिमान कायम गरेको थियो । यो कीर्तिमान नेपाल र श्रीलंकाको संयुक्त रुपमा छ । ३५ रन ओडीआई इतिहासकै कम योगफलमा पर्दछ । सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई १८ ओभरमा ३५ रनमा अल आउट गरेको थियो ।

१. कम बलमा अल आउट

नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गर्न मात्र ७२ बल प्रयोग गरेको थियो । नेपाल ओडीआई इतिहासमा सर्वाधिक कम बलमा अल आउट गर्ने टोली बन्यो । यस अघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो ।

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

Success

Thank you for your time.