5 years ago
March 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरस कोभिड १९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फज जानकारी दिँदै युवा स्पिनर सन्दीपले सरकारले स्थापना गरेको कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘यो शारीरिक दूरी बनाउने समय हो । जसलाई सहयोग र ध्यान पुराउनु पर्ने त्यसलाई नबिर्सौं । सबैले सद्भाव बढाउँ र जिम्मेवारी वहन गर्दै मानवताको परिचय दिउँ । सबै जना सुरक्षित रहौं ।’
नेपालमा अहिले सम्म ३ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ । जसमा १ जना उपचारपछि निको भएर घर फर्किसकेको र २ जना टेकु अस्पतालमा उपचार गरिरहेको बताइएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्नका लागि चैत ११ देखि १८ गते सम्म लकडाउनका घोषणा गरेको छ ।
आइपिएललगायत विश्वका चर्चित व्यवसायिक फ्रेन्चाइज लिग खेलिसकेको सन्दीपले केहि साता अघि चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि पनि सहयोग गरेका थिए ।
कीर्तिपुरमा अमेरिका र ओमानविरुद्धको सिरिजमा लिएको हरेक विकेट बराबर उनले ८ हजार ८ सय ४८ रुपैयाँ उपलब्ध गराएका थिए उनले सिरिजमा ८ विकेट लिएका थिए । त्यहि सिरिजमा उनले खेल जीवनको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अमेरिकाविरुद्ध एकै खेलमा ६ विकेट लिएका थिए । उक्त प्रदर्शन नेपालको ओडीआई किर्तिमान प्रदर्शन पनि हो ।
कोराना भाइरसको सक्रमणले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै क्रिकेट प्रतियोगिता स्थगित छन् । सन्दीप चैत १ गते देखि कीर्तिमपुरमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) र त्यसपछि आइपिएल खेल्ने तयारीमा थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]