default_image

5 years ago

March 26, 2020

नेपालको दुई अवे सिरिज स्थगित, अन्य पनि शंकामा

110 views

0 Bookmark

एजेन्सी – नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने दुई अवे सिरिज स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । आईसीसीले जुन ३० भन्दा अगाडी हुने सम्पूर्ण प्रतियोगिता स्थगित गरेसँगै नेपालको तालिकामा रहेको दुई सिरिज सरेको हो ।

नेपालले अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने सिरिजमा सक्टल्यान्डसहित त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम रहेको थियो । त्यस्तै जुन दोस्रो सातामा पपुवा न्यु गिनीमा संयुक्त अरब इमिरेट्स (यूएई) सहित हुने त्रिकोणात्मक सिरिज पनि सरेको छ । अब यी खेलको अर्को मिति आईसीसीले पछि निर्धारण गर्नेछ ।

आईसीसीले जुलाईमा स्कटल्यान्डमा हुने नेपाल र नामिबिया सम्मिलित सिरिजको लागि भने हाल सम्बन्धित पक्षसँग छलफलमा रहेको जनाएको छ । यसबाहेक आईसीसी टि-२० विश्वकप छनोटका खेलहरु पनि स्थगित भएका छन् ।

आईसीसीले श्रीलंकामा जुलाई ३ देखि १९ सम्म हुने महिला विश्वकप छनोटलाई पनि हाल विचाराधीन अवस्थामा रहेको बताएको छ । टि२० विश्वकपको ट्रफी टुर पनि हाललाई स्थगित गरिएको छ ।

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

Success

Thank you for your time.