default_image

5 years ago

March 25, 2020

टि ट्वान्टी वरियतामा नेपाल यथावत

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइसिसी टि ट्वान्टी वरियतामा यथावत रहेको छ । आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । अघिल्लो महिनामा पनि नेपाल यहि स्थानमा रहेको थियो ।

गत महिनाको वरियतामा भने नेपाल ३ स्थान तल झरेको थियो । पाकिस्तान टि ट्वान्टी वरियताको शीर्षस्थानमा छ । अष्ट्रेलिया दोस्रा, इग्ल्यान्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाचौं स्थानमा छन् । त्यस्तै न्यूजिल्यान्ड छैटौं, अफगानिस्तन सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, वेस्ट इन्डिज दसौं स्थानमा छ ।

त्यस्तै नेपालभन्दा माथि जिम्बावे ११ औं, स्कटल्यान्ड १२ औं, आयरल्यान्ड १३ औं र यूएई १४ औं स्थानमा छ । आइसिसी वरियतामा ८७ राष्ट्र छन् । एक दिवसिय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ । २० टोली रहेको वरियतामा इग्ल्यान्ड शीर्षस्थानमा, भारत दोस्रो , न्यूजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.