5 years ago
March 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले टियू क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड्समेन मृगौला रोगबाट पीडित जयबहादुर तामाङ (सेते) लाई आर्थिक सहयोग गरिएको छ । एनसिएसएसले अभियान बाट संकलन गरेको ५० हजार रुपैयाँ आइतबार परिवारलाई हस्तान्तरण गरेको हो ।
एनसिएसएसका अध्यक्ष विराज घिमिरे र प्रमुख सल्लाहकार भानु सिक्देलले तामाङकी श्रमिती निर्मायालाई वीर अस्पताल पुगेर रकम हस्तान्तरण गरेका हुन् । झन्डै डेढ देशकदेखि नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउन्ड्सम्यान तामाङका दुवै मृगौला खराब छन् । उनी फागुन २८ गते देखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
उनलाई सहयोग जुट्ने क्रम जारी छ । शनिबार मात्रै राष्ट्रिय महिला, पुरुष खेलाडी, प्रशिक्षकलगायतबाट संकलन गर्दै क्रिकेट प्लेयर्स एसोसिएसन अफ नेपाल (सिप्यान) ले १ लाख ३३ हजार हस्तान्तरण गरेका थियो । मिर्गौला खराबी सुरुवाती चरणमा रहेकोले एक महिनाको अवधिमा पुन काम काम गर्न सक्ने सम्भावना रहेको र यदि त्यस्तो नभएको खण्डमा प्रत्यारपण गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले उल्लेख गरेको परिवारजनले बताएका छन् ।
कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भइरहेको बताइएको छ । फागुन २३ गते राती टियू मैदानमा सुतिरहेको अवस्थामा राती १ बजे पिसाब रोकिएपछि उनलाई मैदानका अन्य कर्मचारीले राती नै सानेपास्थित स्टार अस्पताल पुर्याएका थिए ।
तर पछि पुनस् समस्या दोहोरिएपछि उनीलाई वीरमा भर्ना गरिएको थियो । वीरमा पुगेपछि उनको दुवै मिर्गौला खराब रहेको थाहा भएको थियो । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टियु क्रिकेट मैदानको हेरचाह गर्दै आएका छन् ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]