default_image

5 years ago

March 21, 2020

गौतम बुद्ध रंगशाला निर्माण कार्य स्थगित !

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम तत्कालका लागि स्थगित भएको छ ।

विश्व भर भैलिरहेको कोरोना भाइरस र त्यसको संक्रमणबाट जोगिनका लागि सरकारले गरेको निर्णयलाई मध्यनगर गर्दै निर्माण कार्य तत्कालका लागि रोक्ने फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा भिडियोमार्फत सन्देश दिने क्रममा माहौल सहज नहुँदा सम्मका लागि निर्माण कार्यल स्थगित गर्ने बताएका हुन् । रंगशालाको मैदानको काम झन्डै ८० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गर्दै कट्टेलले भने, ‘डे«नको सम्पूर्ण काम सकिएको छ । यो साताबाट पिलरको लागि डन्डीको काम गरिरहेका थियौं । तर यो विश्वमै परेको असरका कारण काम रोक्ने पर्ने अवस्था बनेको छ ।’

रंगशालामा निर्माणमा दैनिक २ सय ७० जना भन्दा काममा खटिएको र आउने साताबाट त्यति नै जनशक्ति थप्ने योजना रहेपनि अब तत्कालका लागि भने स्थगित गरेको कट्टेलले जनाए । अवस्था सहज हुने वित्तिकै पुनः निर्माणको कार्य सुरु हुने पनि उनले जनाएका छन् ।

गत वर्ष भरतपुर नगरपालिकासँग जग्गा सम्झौतामा लिएपछि रंगशालाको निर्माण काम अघि बढेको हो । रंगशाला निर्माणका लागि झन्डै ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कट्टेलले कोराना भाइरसको सक्रमणबाट जोगिनका लागि सरकार र सम्बन्धित विषयका विज्ञहरुको सन्देशलाई पालना गर्न आग्रह गर्दै अनावश्यक हल्लाको पछाडि नलाग्न पनि सुझाव दिएका छन् ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.