5 years ago
March 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगामी वैशाखमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग मानिन्छ ।
आइपिएल इतिहासमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरको नाममा छ । बेंगलोर सन् २०१३ मा पुने वारियर्सविरुद्ध निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । उक्त खेलमा क्रिस गेल ६६ बलमा १७ छक्का र १३ चौका सहित १ सय ७५ रनमा अविजित रहेका थिए ।
यद्यपि आइपिएलमा सबैभन्दा कम योगफल पनि बेंगलोरकै नाममा छ । बेंगलोर २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ९.४ ओभरमा ४९ रनमा अल आउट भएको थियो । आइपिएल इतिहासमा सर्वाधिक रन बनाउने १० खेलाडी र तीनले बनाएको रन यस प्रकार छ ।
१०. गौतम गम्भिर
भारतीय टोलीका पुर्व ओपनर गौतम गम्भिरले दिल्ली क्यापिटल्स र कोलकाता दुबैको कप्तानी गरे । कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जित्दा गम्भिर कप्तान थिए । सन् २०१८ मा गम्भिरले दिल्लीबाट सन्न्यास लिए । गम्भिरले १ सय ५२ इनिङमा ३६ अर्ध शतक सहित कुल ४ हजार २ सय १७ रन बनाएका छन् । जसमा ४ सय ९१ चौका र ५९ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन ९३ छ ।
९. एबि डी भिलियर्स
दक्षिण अफ्रिका विश्फोटक ब्याट्सम्यान एबि डी भिलियर्सले बेंगलोरबाट आइपिएल खेल्ने गर्दछन् । उनले १ सय ४२ इनिङमा ३ शतक र ३३ अर्ध शतक सहित कुल ४ हजार ३ सय ९५ रन जोडेका छन् । जसमा ३ सय ५७ चौका र २ सय १२ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन १ सय ३३ रन अविजित छ ।
८. रोविन उथप्पा
कोलकताका ओपनर रोविन उथप्पाले १ सय ७० इनिङमा २४ अर्ध शतक सहित कुल ४ हजार ४ सय ११ रन बनाएका छन् । जसमा २४ अर्ध शतक, ४ सय ३५ चौका र १ सय ५६ छक्का सामेल छ । ८७ रन उत्कृष्ट प्रर्दशन हो ।
७. महेन्द्र सिंह धोनी
भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले आइपिएलमा १ सय ७० इनिङमा २३ अर्ध शतक सहित कुल ४ हजार ४ सय ३२ रन बनाएका छन् । चेन्नई सुपर किंग्सलाई तीन पटक उपाधि दिलाएका धोनीले २ सय ९७ चौका र २ सय ९ छक्का प्रहार गरेका छन् । ६५ पटक अविजित रहेका धोनीको उत्कृष्ट प्रर्दशन ८४ रन अविजित छ ।
६. क्रिस गेल
वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल हाल आइपिएल किंग्स इलेभेन पञ्जावबाट खेल्ने गर्दछन् । बेंगलोरबाट लामो समय आइपिएल खेलेका गेलले १ सय २४ इनिङमा ६ शतक र २८ अर्ध शतक सहित कुल ४ हजार ४ सय ८४ रन बनाएका छन् । जसमा ३ सय ६९ चौका र ३ सय २६ छक्का प्रहार गरेका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७५ रन छ । गेल आइपिएलमा सर्वाधिक छक्का देखी एकै इनिङमा उत्कृष्ट प्रर्दशन गर्ने ब्याट्सम्यान हुन् । गेलको नाममा थुप्रै कीर्तिमान रहेका छन् ।
५.शिखर धवन
भारतीय तथा दिल्ली क्यापिटल्सका ओपनर शिखर धवनले १ सय ५८ इनिङमा ४ हजार ५ सय ७९ रन बनाएका छन् । जसमा ३७ अर्ध शतक, ५ सय २४ चौका र ९६ छक्का प्रहार गरेका छन् । जसमा उत्कृष्ट प्रर्दशन ९७ रन अविजित छ ।
४. डेविड वार्नर
अष्ट्रेलिया तथा सनराइजर्स हैंदराबादका ओपनर डेविड वार्नरले १ सय २६ इनिङमा ४ शतक र ४४ अर्ध शतक सहित कुल ४ हजार ७ सय ६ रन बनाएका छन् । जसमा ४ सय ५८ चौका र १ सय ८१ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन १ सय २६ रहेको छ । उनले आफ्नो कप्तानीमा सन् २०१६ मा हैंदराबादलाई च्याम्पियन बनाएका थिए ।
३. रोहित शर्मा
भारतीय ओपनर तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले १ सय ८३ इनिङमा १ शतक र ३६ अर्ध शतक सहित कुल ४ हजार ८ सय ९८ रन बनाएका छन् । जसमा १ शतक र ३६ अर्ध शतक सामेल छ । ४ सय ३१ चैका र १ सय ९४ छक्का प्रहार गरेका छन् । उत्कृष्ट प्रर्दशन १ सय ९ रन छ । रोहित आइपिएलमा उपाधिको हिसाबमा सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा मुम्बई ४ पटक च्याम्पियन बनेको छ ।
२. सुरेश रैना
चेन्नईका शीर्षक्रममा ब्याट्सम्यान सुरेश रैना आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा छन् । उनले कुल १ सय ८९ इनिङमा १ शतक र ३८ अर्ध शतक सहित कुल ५ हजार ३ सय ६८ रन बनाएका छन् । जसमा ४ सय ९३ चौका र १ सय ९४ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन एक सय छ ।
१. विराट कोहली
भारतीय टोली तथा बेंगलोरका कप्तान विराट कोहली आइपिएलमा सर्वाधिक रन बनाउने सुचिमा शीर्ष स्थानमा छन् । कोहलीले १ सय ६९ इनिङमा ५ शतक र ३६ अर्ध शतक सहित कुल ५ हजार ४ सय १२ रन जोडेका छन् । जसमा ४ सय ८० चौका र १ सय ९१ छक्का सामेल छ । उत्कृष्ट प्रर्दशन १ सय १३ छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]