default_image

5 years ago

March 18, 2020

‘क्रिकेटमै जीवन समर्पण गरें, अब क्रिकेटकै भरोसा छ’

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय टीयु क्रिकेट मैदानमा डेढ दशक देखि कार्यरत मैदानका कर्मचारी (ग्राउन्ड्समेन) जयबहादुर तामाङ (सेते) को दुवै मिर्गौला खराब (किड्नी ड्यामेज) भएको छ ।

दुवै मिर्गौला खराबीसँगै पछिल्लो एक सातादेखि तामाङ काठमाडौंको विर अस्पतालमा उपचार गरिरहेका छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेको कारण एक महिनाको अवधिमा पुन काम काम गर्न सक्ने सम्भावना रहेको र यदी नगरेको खण्डमा प्रत्यारपण गर्नुपर्ने उपचाररत चिकित्सकले बताएका छन् । तर कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भएको छ ।

फागुन २३ गते राती टियु मैदानमा सुतिरहेको अवस्थामा राती १ बजे पिसाब रोकिएपछि उनलाई मैदानका अन्य कर्मचारीले मध्यरातमै सानेपास्थित स्टार अस्पताल पुर्याएका थिए । स्टार अस्पतालले अर्को दिन केहि नभएको भन्दै डिस्चार्ज गरेको थियो । तर पछि पुन: समस्या दोहोरिएपछि उनी विर अस्पतालमा उपचार गर्न गए । त्यहाँ उनले आफ्नो दुवै मिर्गौला खराब रहेको थाहा पाए । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टियु क्रिकेट मैदानको हेरचाह गर्दै आएका छन् । आर्थिक अवस्था निकै कमजोर हुँदा उपचार गर्न परिवारलाई कठिन परिरहेको छ ।

‘मलाई टियुको धेरै माया छ । अहिले पनि गएर काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ, तर शरीरले साथ दिएको छैन,’ उनले भने,’ २०६१ सालमा ७ हजार रुपैयाँ तलबमा काम सुरु गरेको हुँ । अहिले जम्मा साढे १० हजार पुगेको छ । तलब बढेको छ भन्ने सुनेको थिएँ, खै अहिले सम्म पाएको छैन । क्यान निलम्बन भएको अवस्थामा लामो समयसम्म पैसा पाएनौं, तर पनि हामीले टियुको काम गर्न छोडेनौं । हामीले नगरे खेलाडीले कहाँ खेल्छन् भन्ने चिन्ता लाग्थ्यो ।’

‘त्यो समय खेलाडी र टीयुको मायाले अरु काम पनि गर्न मन लागेन । आफ्ना खेलाडीलाई कसरी जिताउ र माथि पुर्याउँ भन्ने हो । मैदानमा सबैले सेते दाई भन्छन् । सबै मसँग कुराकानी गरेर हुर्किएका खेलाडी साथी भाई छन् । अब कसैले सहयोग गरेर उपचार गरे फेरी टीयुमा फर्केर काम गर्न चाहान्छु,’ भावुक हुँदै उनले सुनाए  ।

‘मैले हाम्रा खेलाडीलाई मैदान तयार पार्न टीयु मैदानमा रात-दिन, हावा-हुरी, पानी-बतास केहि नभनी काम गरे । टीयु मैदानको सुरक्षा कसरि गरौं भन्ने हुन्थ्यो । मलाई उपचारमा सहयोग गरे भने अझैपनि त्यहीं काम गर्न जान्छु,’ गहभरी आँशु निकाल्दै उनले भने ।

‘खेलाडीको लागि नै दिनरात मिहिनेत गरे । तर मलाई यस्तो हुँदा आरिफबाहेक अन्य कसैले पनि फोन गरेका छैनन् । आफूलाई परेपछि कसैले हेर्दा रहेनछन् । चित्त दुख्दो रहेछ,’ तामाङले दुख पोखे ।

‘यति धेरै खर्चको उपचार मैले कसरी गर्न सक्छु र ? मेरो जिन्दगी अब यसैले नै लान्छ कि भन्ने डर पनि छ,’ केहि समय बोली रोकिएपछि उनले थपे,’ अब मैले क्रिकेटमा कमाएको खेलाडी र क्यानले सहयोग गरे ठिक हुन्छु होला । नत्र त आशा छैन ।’

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.