5 years ago
March 13, 2020
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सरेको छ ।
आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ । आईपिएल दर्शक विनाको खाली स्टेडियममा हुने छ ।
बिसिसिआई अध्यक्ष गांगुली सबै फ्रेन्चाइज टोलीबीचको बैकठपछि आइपिएल सारेको भारतीय इन्डिया टिभिले जनाएको छ । योसँगै अव आइपिएल विदेशी खेलाडी सहभागिता जनाउने छन् । भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेको छ ।
दिल्ली सरकारका उपमुख्यमन्त्री मनीष सिसोदियाले धेरै जनाको समुह जम्मा हुँदा कोरोना भाईरस सर्ने खतरा हुँदा आगमी सुचना नआउन सम्म कुनै पनि खेलकुदका गतिबिधी दिल्लीमा हुन नपाउने बताएका छन् । योसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले केहि समयका लागि घरेलु मैदानमा खेल्न पाउने छैन ।
विश्व खेलकुदका प्रतियोगिता कोरोना भाईरसको कारण सरेका छन् । भारत र दक्षिण अफ्रिकासँग हुने बाँकी दुई खेल पनि खाली स्टेडियममा हुने भएको छ । त्यस्तै अष्टेलियामा जारी न्युजिल्यान्डसँगको पहिलो वान डे खेल पनि खाली स्टेडियममा भई रहेको छ । भारतमा हालसम्म ७५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]