default_image

5 years ago

March 12, 2020

विदेशी खेलाडी विनानै आइपिएल हुने सम्भावना !

143 views

0 Bookmark

एजेन्सी – विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) संकटमा परेको छ । आइपिएल चैत १६ देखि २०७७ जेठ ११ गते सम्म भारतका विभिन्न सहरमा सञ्चालन हुने तय छ ।

भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेसँगै अब सुरुवाती खेल विदेशी खेलाडी विनानै आइपिएल सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ । आइपिएल स्थगित नभएको खण्डमा सुरुवाती २० खेल विदेशी खेलाडी विनानै हुने छ । भारत सरकारको भिसा बन्द सँगै वैशाख ३ सम्म विदेशी खेलाडी भारत जान पाउने छैनन् । आइपिएलका ८ फ्रेन्चाइज टोलीबीच होम अवे मैदानमा गरि कुल ५६ खेल हुनेछ ।

आइपिएल २०२० तालिका अनुसार वैशाख ३ गते सम्म २० खेल हुने छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले आइपिएल कोरोना भाइरसको कारण नसर्ने बताउँदै आएका छन् । बिसिसिआईले स्थगित नगरे सुरुवाती २० खेल विदेशी खेलाडी विना नै हुने छ ।

भारतीय सञ्चार माध्यमले पनि विदेशी खेलाडीले वैशाख ३ गते पछि मात्र सहभागिता जनाउने छन् । आइपिएल दर्शक विना नै गराउने सम्भावना रहेको बताइएको छ । दर्शक विना खाली स्टेडियममा गराउने वा नगराउने भन्ने शनिबार आधिकारिक निर्णय आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाको बिषयमा बिसिसिआई भने हालसम्म कुनै आधिकारीक सुचना जारी गरेको छैन । भारतीय चर्चिच सञ्चार माध्यम हिन्दुस्थान टाइम्सका अनुसार भारतमा हालसम्म ७३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

विश्वभर १ लाख २६ हजार २ सय ७३ जनामा कोरोनाको सकंमण रहेको छ । कोरोनाको कारण विश्वभर ४ हजारको मृत्यु भई सकेको छ । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाईरसले अहिले विश्वभर महामारीको रुप लिएको छ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.