5 years ago
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को नयाँ टि ट्वान्टी वरियतामा सुधार गर्दा पूर्व कप्तान पारस खड्काको वरियता खस्केको छ ।
आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ टी ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ८४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ भने पारस एकै पटक १२ स्थान तल झदैं ७५ औं स्थानमा पुगेका छन् ।
अलराउन्डरतर्फ पारस २६ औं स्थानमा यथावत छन् । त्यस्तै करण केसी अलराउन्डरतर्फ एकै पटक १४ स्थान खस्किएका छन् । करण अलराउन्डरतर्फ ८८ औं स्थानमा पुगेका छन् । सोमपाल कामी पनि अलराउन्डरतर्फ ७ स्थान खस्किएका छन् । सोमपाल ७३ औं स्थानमा पुगेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका ओपनर बाबर आजम शीर्ष, भारतीय लोकेश राहुल दोस्रो र अस्ट्रेलिया कप्तान आरोन फिन्च तेस्रो स्थानमा यथावत छन् । बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खानन शीर्ष स्थानमा यथावत छन् ।
बलिङतर्फ १ देखी ९ औं स्थान सम्म स्पिनर छन् । अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् । नेपाल ओडीआईमा १६ औं र टि ट्वान्टीमा १५ औं स्थानमा छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]