5 years ago
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङ र सुमन उदयको अलराउन्ड प्रर्दशनमा काठमाडौं जिल्ला सिनियर छनोट पुरुष क्रिकेट प्रतियोगिता उपाधि बालुवाटार क्रिकेट क्लब तथा टे«निङ सेन्टरले जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा महावीर क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटारले उपाधि जितेको हो । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको बालुवाटारले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
बालुवाटारको जितमा सोनु तामाङ ५८ बलमा ६ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । ओपनर सुमन उदय ८२ बलमा ७ चौका सहित ५० रनमा रिटायर्ड हर्ट भएका थिए ।
सञ्जय श्रेष्ठ र सुवास खकुरेल दुवैले खाता खोल्न सकेनन् । अभिनाष सिंह ११, प्रविण जोशी २२ र अभिनाष बस्यालले ९ रन बनाए । महावीरका चन्द्र बहादुर बुढा, ज्योती भण्डारी, दीपेन्द्र मैनाली र जितेन्द्रसिंह ठकुरीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महावीर क्लब ४६.१ ओभरमा १ सय ५८ रनमा अल आउट भयो । महावीरका बिभत्सु थापाले १ सय ४९ बलमा ६ चौका र १ छक्का ६७ रनको योगदान दिए । रबिन जोशी २१, दीपेन्द्र मैनाली २३ र रञ्जम रेग्मीले १५ रन जोडे ।
बालुवाटारका सोनु तामाङले ८.१ ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ४ विकेट लिए । सुमन उदयले ३ विकेट लिए । काठमाडौं जिल्ला छनोट प्रतियोगितामा एकेडेमी र क्लब गरि कुल १२ टोलीको सहभागिता थियो ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]