5 years ago
March 12, 2020
एजेन्सी – गत असारमा इंग्ल्यान्डमा सम्पन्न आईसीसी एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग रन आउट भएयता विकेटकिपर महेन्द्र सिंह धोनी टोलीमा छैनन् । दुइ महिना आर्मीको तालिम गर्दा अन्य समय धोनीले पारिवारसँग बिताए ।
सेमिफाइनलमा जितका लागि २ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई विश्वकप फाइनलमा स्थान बनाउन अन्तिम १२ बलमा ३१ रन आवश्यक थियो । धोनी क्रिजमा हुँदै आशा भरोसा सबै उनी माथि थियो । यस्तै परिस्थितिमा धोनीले थुप्रै पटक खेल जिताएका थिए । तर ४९ औं ओभरको तस्रो बलमा दुई रन लिनेक्रममा मार्टिन गुप्टिलले सिधै स्टम्प ताकेपछि धोनी गहभर आसु निकाल्दै ब्यक्तिगत ५० रनमा पेभिलिएन फर्केका थिए । धोनीको रन आउटको निर्णय दिन थर्ड अम्यापरलाई केहि समय लागेको थियो ।
धोनी आउट भएसँगै भारतको जितको सम्भावना सकिंदा १८ रनले पराजित हुँदै बाहिरिएको थियो । त्यहि हारको पिडाको कारण धोनीले भारतीय छनोट समितीलाई केहि समय आफु उपलब्ध हुन नसक्ने भन्दै मैदान बाहिर रहे । गत माघमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको २०२० को खेलाडी सुचिमा धोनी परेनन् । त्यसैले धेरैले धोनीको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा समाप्त भएको बताउँछन् ।
धोनीको विषयमा बीसीसीआई पनि मौन छ । चेन्नई सुपर किंग्सका कप्तान समेत रहेका धोनी चैत्र १६ देखि सुरु हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि प्रशिक्षणमा लागि सकेका छन् । धोनीले अभ्यासको क्रममा एकै ओभरमा पाँच छक्का प्रहार गर्दै उत्कृष्ट पुनरागमन गर्ने संकेत दिएका छन् ।
भारतीय छनोट समितीका सुनिल जोशीले पनि आईपीएलमा राम्रो प्रर्दशन गरे धोनीले टोलीमा पुनरागमन गर्न सक्ने बताउँछन् । ‘धोनीले पुनरागमन गर्न आईपीएलमा राम्रो प्रर्दशन गर्नुपर्छ, धोनी मात्र होइन अन्य सिनियर खेलाडीले पनि राम्रो प्रर्दशन गरे पुनरामगन गर्न सक्छन्’, उनले भने । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले यस विषयमा धोनीलाई आफैं सोच्न दिनुपर्ने बताउँदै आएका छन् ।
एकदिवसिय, टि ट्वान्टी र च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका धोनी भारतलाई विश्वकप जिताउँदै आफ्नो क्रिकेट करिअर अन्त्य गर्न चाहान्छन् । धोनीले आगमी अक्टोबरमा अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप खेल्ने इच्छा राखेको बुझिएको छ । यता विकेटकिपर ऋषभ पन्तको प्रर्दशन पछिल्लो समय राम्रो छैन । पन्तको खराब प्रर्दशनको कारण न्युजिल्यान्डसँगको तीन एक दिवसिय र पाँच टि२० सिरिजमा लोकेश राहुलले विकेटकिपरको भुमिका निर्वाह गरेका थिए । पन्तको सट छनोटलाई लिएनै निकै आलोेचना हुँदै आएको छ ।
खराब प्रर्दशनको कारण न्युजिल्यान्डसँगको पाँच टि२० मा पन्त बाहिर रहेका थिए । त्यसैले धेरै क्रिकेट विज्ञ र खेलाडी भारतीय टोलीलाई धोनीको आवश्यक अझै रहेको बताउँछन् । प्रशिक्षक रवी शास्त्रीले पनि विश्वकपमा स्थान बनाउन धोनीले आईपीएलमा राम्रो प्रर्दशन गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैले धोनीको भविष्य आईपीएलको प्रर्दशनमा निर्भर रहने देखिन्छ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]