default_image

5 years ago

March 11, 2020

सन्दीप सम्मिलित एसिया ११ र विश्व ११ बीचको टि ट्वान्टी सिरिज स्थगित

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण सन्दीप लामिछाने सम्मिलित एसिया ११ र विश्व ११ बीच हुने भनिएको दुई टि ट्वान्टी सिरिज स्थगित भएको छ । बंगलादेश क्रिकेट बोर्डले बुधबार कोरोना भाईरसको कारण स्थगित भएको जनाएको छ ।

बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि ट्वान्टी कप बंगलादेश २०२० अन्तर्गत विश्व ११ विरुद्ध एसिया(११को टोलीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि थिए । उक्त दुई टि ट्वान्टी खेल चैत्र ८ र ९ गते मा बंगलादेशको शेर ए बंगला रंगशालामा बताइएको थियो । तर अर्को मिती सार्वजनिक नहुन सम्म स्थगित भएको बोर्डले जनाएको छ ।

सन्दीप सम्मिलित एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी समावेश थिए । विश्व ११ को फाफ डु प्लेसिस, क्रिस गेल, काइरान पोलार्ड, निकोलस पुरन लगातका स्टार खेलाडी समावेश थिए ।

एसिया ११ – केएल राहुल, शिखर धवन, विराट कोहली (कप्तान), तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसारा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लासिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव, मुजिब उर रहमान ।

विश्व ११ – एलेक्स हेल्स, क्रिस गेल, फाफ डु प्लेसिस (कप्तान) , निकोलस पुरन, बेन्डन टेलर, जोनी बेयरस्टो, काइरान पोलार्ड, आदिल राशीद, शेल्डन कट्टेल, लुग्गी एन्गिडी, एन्डु टाई र मिचेल म्याकलेनघन ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.