5 years ago
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला सिनियर छनोट प्रतियोगिता सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइलनमा महावीर क्लब र न्युभिजन क्लब भिड्ने छन् ।
त्यस्तै दोस्रो सेमिफाइनल बालुवाटार क्रिकेट क्लब र हिमालय क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने छ । दुवै सेमिफाइनल बुधबार मुलपानी क्रिकेट मैदानमा हुने छन् । मंगलबार न्युभिजनले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
नेक्ससले प्रस्तुत गरेको १ सय २६ रनको लक्ष्य न्युभिजनले १९.२ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । लक्ष्मण चौधरी २४, शम्शेर चन्द र विवेक चन्दले समान १५ रनको योगदान दिए । त्यस्तै चन्द्रन रावल र अनित बरालले समान १२ रन जोडे । ओसिसका रविन क्षेत्रीले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्यटिङ थालेको नेक्सस २५ ओभरमा १ सय २५ रनमा अल आउट भएको थियो । उसका सम्भव श्रेष्ठले ३७, उत्तम थापा मगरले १६ र सुचन बरालले १८ रनको योगदान दिए । चन्दन रावल र शम्शेर चन्दले २–२ विकेट लिए । त्यस्तै अर्को खेलम बालुवाटारले काठमाडौं क्रिकेट टेनिङ सेन्टरलाई ४ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
टस जितेर ब्याटिङ थालेको बालुवाटार थालेके केसीटीसीले २५ ओभरमा ९ विकेट गुमाउँदै १ सय रन बनायो । उसका सुमन उदय २० र सुवास खकुरेल २५ रन बनाए । उज्वल थापा ३, मनिश कुमार शैनी र प्रत्यक्ष घिमिरिले २–२ विकेट लिए ।
१ सय १ रनको विजयी लक्ष्य पछ्याएको केसीटीसी २४.३ ओभरमा ९६ रनमा अल आउट भयो । उसका निर्भिक पाठक १७, मेहुल श्रेष्ठ २५ र उज्वाल थापाले १६ रन बनाए । हिमालय क्रिकेट एकेडेमीका सोनु तामाङ र अभिनाश बस्यालले समान २ विकेट लिए ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]