5 years ago
March 10, 2020
एजेन्सी – अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा आयरल्यान्ड सुपर ओभरमा विजयी भएको छ । यस हारका बाबजुद सिरिज भने अफगानिस्तानले २-१ ले जित्यो ।
जितका लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा अफगानिस्तानले १ विकेट गुमाउँदै ८ रन बनाएको थियो । जसक्रममा ९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका केभीन ओ ब्रायनले अन्तिम बलमा तीन रन चाहिँएको अवस्थामा स्पिनर राशिद खानलाई लङ अनमा छक्का प्रहार गर्दै जित पक्का गरे ।
त्यसअघि अफगानीस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले २९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । उस्मान घानी १८, करीम जानत १७ र कप्तान असगर अफगानले ३२ रन जोडे । राशिद खान ६ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । आयरल्यान्डका ग्यारेथ डेलानी र सिमी सिंहले २–२ विकेट लिए ।
भारतको ग्रेटर नोएडामा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । ओपनर पल स्टर्लिङ शुन्यमा आउट हुँदा केभीन ओ ब्रायन २६ रनमा क्याच आउट भए । ग्यारेथ डेलानीले २९ बलमा ५ चौका र १ छक्का सहित ३७ रनको योगदान दिए । हेरी टेक्टर ३१ सिमी सिंहले १२ रनको योगदान दिए । अफगानिस्तानका नवीन उल हक र क्वास अहमदले ३–३ विकेट लिए । मुजिब उर रहमान र राशिद खानको नाममा १–१ विकेट रह्यो ।
यो जितसँगै आयरल्यान्ड क्लिनस्वीप हुनबाट बचेको छ । अफगानिस्तान पहिलो खेलमा डकवर्थ लेविस पद्धतीको आधारमा ११ रन र दोस्रो खेलमा २१ रनले विजयी भएको थियो ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]