default_image

5 years ago

March 10, 2020

ललितपुरका लागि अरियो र बिभत्सु छानिए

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर प्याटियट्सले ट्यालेन्ट हन्टबाट एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि दुई युवा खेलाडी छनोट गरेको छ । साविक विजेता समेत रहेको ललिपुरमा युवा बायाँ हाते स्पिनर अरियो पौडेल र ब्याट्सम्यान बिभत्सु थापाले ट्यालेन्ट हन्टमार्फत स्थान बनाएका छन् ।

२ सय ३१ युवा खेलाडीबा अरियो र बिभत्सु छनोट भएको ललितपुरले जनाएको छ । फागुन २३ गते देखि ललितपुरको इमाडोल स्थित बल पार्क एकेडेमीमा भएको ट्यालेन्ट हन्ट प्रशिक्षक राजु बस्नेत, स्पिनर सुर्य तामाङ र अलराउन्डर सोनु तामाङको टोलीले खेलाडी छनोट गरेका हुन् ।

अरियोले एक साता अघि मुलपानी क्रिकेट मैदानमा सम्पन्न हिमालय क्रिकेट लिग यू१९ दुई दिवसिय प्रतियोगितामा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गर्दै उदयमान खेलाडी घोषित भएका थिए ।

ललितपुर प्याट्रियट्सले विदेशी खेलाडीको रुपमा पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका बायाँ हाते ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको छ । गत वर्ष ललितपुरले ट्यालेन्ट हन्टबाट तीब्र गतिका बलर कमल खत्रीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

इपिएल चैत १ गते देखि १५ गते सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएपनि विश्वभर फैलिएको कोराना भाईरसको लागि अनिश्चित समयको लागि स्थगित भई सकेको छ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.